आजभोलि मान्छेले भगवानलाई मन्दिरमा भन्दा बढी अस्पतालको शैयामा पुगेर सम्झने गर्छ । यो भनेको सहज अवस्था को भौतिक चिन्तन र असहज अवस्थाको आध्यात्मिक चिन्तन प्रतिको पर्याय हो । ठेस नलागुन्जेल सम्म आमा नसम्झने हाम्रा मन र भावनाहरु भगवानलाई धर्म भन्छौं । धर्मलाई राजनीतिसँग जोड्छौ र गन्तव्यहीन बाद र सिद्धान्त को पछी लागेर आफूभित्रको भगवान रुपी देवताको वध गर्दै एउटा मानव पिण्ड लाई देवता बनाउने सपना बुन्छौ । टाउको मा बाँधेको कफन लेआँखामा पट्टि बाँधेर कुनै बाद र सिद्धान्त को पछि पिछ दौडदै बत्तीको पुतली बनेर आफ्नो जीवनको आहुति चढाइरहेका हुन्छौ ।
प्रजातान्त्रिक पद्धतिमा जनता स्वतन्त्र देखिएपनि नेतृत्वको रिमोटबाट परिचालित हुन्छन् । प्रत्येक वर्ग या समुदाय का नागरिक कुनै न कुनै रिमोट को सिष्टम सँग जोडिएका नै हुन्छन् । त्यसैले शासक जति नै क्रुर र भ्रष्ट भएपनि सिस्टम र पद्धतिले तत्काल प्रतिकार लाइ स्खलन गर्दछ । त्यसैले जनता त्यही नेतृत्वको पिछा गर्न बाध्य हुन्छन् । यो प्रथा र पद्धतिको एउटा दरिलो उदाहरण यसरी प्रस्तुत हुन्छ । ूएकदिन संसदमा हिटलरले एउटा जिउँदो भाले लिएर गए छन । त्यसदिन हिटलरको सभामा सम्बोधन गर्ने कार्यक्रम थियो । उनले सभामा उभिएर भालेका प्वाख एक एक गरी उखेल्न थाले । जिउँदो भाले जतिपटक व्वाख तान्यो त्यति नि पीडा र छट्पटीले चिच्याइरहेको थियो ।
भाले पिडा ले जति नै चिच्याए पनि हिटलरले उसको व्वाँख उखेल्न छाडेनन् । उनले भालेका सबै व्वाँख उखेलेर नाङ्गो बनाए । केहि समय पश्चात हिटलर ले भाले को नजिक एक एक गर्दै मकैको दाना फाल्न थाले । भाले अघीको सबै पीडा बिर्सिएर दाना खान थाल्यो । हिटलर मकैको दाना फ्याक्दै हिड्न थाले । हिटलर जताजता हिँडे भाले उनकै पछिपछि हिड्न थाल्यो । चारो को आशामा भालेले आफ्नो सम्पुर्ण व्वाँख मुण्डन कर्ता हिटलर नै मेरो दुश्मन हो भन्ने सबै बिर्सिइ सकेको थियो । त्यस पछि हिटलर ले सभालाई सम्बोधन गर्दै भने, सभामुख महोदय नेतृत्व मुखी व्यवस्थामा नेता र जनताबीचको सम्बन्ध यस्तै छ । मैले भालेलाई जस्तै नेताले देश र जनतालाई पुरै नांगो बनाउँदा पनि जनता नेताको पछि लाग्न छाड्दैनन् ।
त्यसैले यस्तो नेताको पछि लाग्ने जनता ले कस्तो नेतृत्व चयन गर्छन ? र त्यो नेतृत्वले देश र जनताप्रति कति को बफादर भएर काम गर्न सक्ला ? हिटलर को यो उदाहरण सहित को सम्बोधन ले संसदमा सबैलाई स्तब्ध बनाएको थियो ।साच्चिकै त्यसबेला हिटलर ले दिएको त्यो उदाहरण आज नेपाल र नेपाली जनताका लागि पद प्रदर्शक भएको छ । यद्यपि चुनावी समयमा चारो छर्न थालेपछि आज महामारीको संकटमा जति नै रोग ,भोक, पीडा ,बेदना र छटपटी बाट आकृान्त भए पनि आखिरल भाले रुपी जनताहरु चुनाब नजिक चारो छर्न थालेपछि आज का सबै पीडा भुलेर तीनै नेताको पछि दौडिन बाध्य हुनेछन् । यहि हो दलिय रिमोट को असली कमाल । यतिबेला विश्व महामारीको संक्रमणबाट घुँडा टेक्न बाध्य छ । विकल्पको खोजी खोजीमै लाखौं लाख ले अकालमा ज्यान गुमाइरहनु परेको छ । हिजोको परिवेश र परिस्थितिमा पुग्न अझै कति दिन प्रतीक्षा गर्नुपर्ने हो त्यसको कुनै लेखाजोखा छैन ।
स्थिति यस्तै रहने हो भने मानिस रोगले भन्दा बढी भोक ले मर्ने निश्चित छ । समाजमा हुनेखाने र हुँदाखाने दुई थरीका मानिसहरूलाई दुवै प्रकारको भोक ले आकृान्त बनाएको छ । खान नपाएकाहरुलाइ केबल पेटको मात्र भोक छ । अन्न पायो भने उसका सम्पुर्ण इच्छा पूर्ण हुन्छन । उ मात्रै अन्न को प्रतिक्षामा बाँचेको छ । हुनेखानेलाई पेट को भन्दा बढि इच्छाशक्तिको भोक छ । मान-सम्मान प्रतिष्ठा र सामाजिक बर्चस्व को भेक र भयले पोलेको छ । उ अन्न नहुदा को भोकलाइ बुझ्दैन । उसलाई पेटमा अन्न को शक्ति भन्दा समाज मा औकातदको शक्ति चाहिएको छ । चामल चपाएर मेट्न नसक्ने चाहना का भोक को भयले सताएको छ । त्यसै ले त उ भय र संक्रमण बाट मुलुक आकृान्त भएको बेला पनि आप्नो भोक मेटाउन कानुन चपाउदै छ ।सेनिटाइजर पचाउदै छ । संक्रमण परिक्षण का किटहरु लाइ पनि आफ्नै भोक र प्यास को आहार भनाएर निल्दैछ ।
करोड का भोकले कोठरी पुर्यायो आनाका भोमले अनुहार खुम्च्या यो तर पनि भनेजस्तो राहत नपाए र उ आफै आकृात छ । जनता ले जनतालाई ,जनताद्बारा भन्ने शब्द ब्यबहारिक नभइ शब्द -शब्दमा मात्रै त सिमित भएको छैन ? यसको जलन त उदाहरण म रतपाईं पनि हो । मेरो घरमा केही मानिसहरु भाडामा बसेका छन् । संक्रमण सुरु भएपछि उनीहरूको रोजगारी र व्यवसाय बन्द भएको छ । उनीहरूसँग हातमुख जोड्ने कुनै उपाय छैन । उनिहरुएक पेट खान नपाए रात दिन राहत को आशामा कुदिरहेका छन्। मेरो घरमा मात्र हैन टोल र गाँउ मा पनि यस्ता दर्जनौं भोका नाङ्गा र असाहायहरु प्रशस्त देखिएको छु । जो खान नपाएर रोगले भन्दा भोकले मर्न लागेका छन् । म समाजको प्रतिष्ठित ब्यक्ति हुँ । म आफुलाइ समाजसेवी भनेर चिनाउन पनि चाहन्छु । मैले चाहृेभने कसैलाई जति दिन सक्छु । तर मलाई यी ब्यक्ति को भोक मेटाउन पटक्कै मन छैन ।
किनकि यिनीहरूको भन्दा मेरो भोक अझै खतरनाक छ । यि एक छाक खान नपाएका हरु लाइ खुवाएर ले मेरो भोक कहाँ मेट्छ र ? बेला बेला यिनिहरु को चिच्याहट सुनेर दया पनि जागेर आउछ ।केहि दिएर एक दिन को भए पनि भोक मेटाइ दिउ । मन पटक्कै मान्दैन । किनकि मलाई एकद्वार प्रणालीले प्रतिबन्ध लगाएको छ । मैले यिनको भोक मेटाउँदा मेरो सामाजिक प्रतिष्ठाको भण्डार रितिन सक्छ । सहज अबस्थामा स्वाभिमान र प्रतिष्ठाले अगाउन नसकेको मेरो भोक असहज अबस्थामा अझ कुन हबिगत को होला ? बुडापा का को यौटा उक्ति को स्मरण हुन्छ अनि काल मा बिउ जोगाउनु । मैले साचे हो यो कसैको लागि अनिकाल र कसैको लागि सहकाल को समय मा मैले मेरो भोक को बिउ जोगाउनु पर्छ । यति बेला महिले लुकीछिपी यिनीहरूको भोक मेटाए पनि मेरो भोक को बिउ कहाँ जोगिन्छ र ? त्यसैले यी निरीह मेरा आँखा अगाडिका सबै भाेका मानिसहरूको छातीमा टेकेर म लाखौ को चेक काट्छु ।
ति एक पेट खान नपाएका भोका नाङ्गा र असहाय हरुको सेवा गरेर आफ्नो भोक मेटाउन म एकद्वार प्रणालीमापुग्छु । निकै ठुलो ताम- झाम र हल्ली -खल्ली का साथ चेक बुझाउँछु ।मैले दिएको सहयोले ति असलि भोकाहरु को भोक मेटे या मेट्नन् ,मलाई केहि थाहा भएन । म आप्नै भोक को छट्पटी मा भौतारी रहेको थिए । भोलिपल्टको अखबार र थुप्रै सामाजिक सञ्जाल का वालहरुमा दानवीरले गरे लाखौंको सहयोग भन्ने समाचार छापिएको देखेँ । मलाई ठुलो राहत मिलेको आभाष भयो । मेरो महिनौ दिन देखि को भोक यति बेला मेटिएको छ । अनि तपाईंको नि ???
लेखक कल्पित क्षितिज नाट्य समुहका निर्देशक हुँन ।