Aamsanchar

म तिमीलाई सम्झिन्छु

Author Image
बुधवार, वैशाख २४, २०७७
जब बुबा आमाको सम्झना गरिरहेको हुन्छु्।
त्यतिखेर तिमी नजिक भएको महसुस हुन्छ
अनि तिमीलाई सम्झिन्छु ।
जब चौतारीमा बसि वर पिपलको चिसो हावा
महसुस गरिरहेको हुन्छु,
अनि तिमीलाई सम्झिन्छु ।
खाना खानु पहिले गाँस उठाउनु लाग्दा ,
तिमीलाई सम्झिन्छु ।
बिहानीपख कुखुरी काँ
गर्दा या छानोमा
ढुकुरहरु कराउदा होस
म तिमीलाई सम्झिन्छु ।
अरे लाटी उठेपछि या सुत्नु भन्दा पहिले
म तिमीलाई सम्म्झिन्छु।
जब बाटोमा श्रृङ्गारिएर हिडेका
नयाँ जोडी देख्छु ,
तब म तिमीलाई सम्झिन्छु ।
आखिर यति धेरै किन
काममा म्यानेजरले दिएको प्रेसर होस या
विश्वभरी फैलिएको महामारी
अब त बुझ है डल्ली
मनलाई शान्त पार्न तिमीलाई सम्झिन्छु ।
अब त बुझ है डल्ली
आखिर यति धेरै तिमीलाई
किन सम्झिन्छु
किन सम्झिन्छु ।
 संग्रौला शिवगन्ज, झापाका हुन, हाल दुबई
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 347

प्रतिक्रिया (०)

सम्बन्धित खबर