Aamsanchar

रेड जोन झापामा सरकार भयो निस्क्रिय, नागरिक सडक बजारमा

Author Image
आइतवार, वैशाख २८, २०७७

बिर्तामोड ।  लकडाउनको ४८ औं दिनमा आइपुग्दा झापामा लकडाउन निकै खुकुलो भएको खबरहरु आईरहेका छन ।  आईतबार बिर्तामोड लगायतका सहरहरुमा उल्लेखनिय सवारी र मानिसको आवदजावत रहयो ।

सरकारबाट ४८ किसिमका क्षेत्रलाई खुल्ला गर्ने घोषणा भयो । यो संगै झापामा दैनिक रुपमा दुई घण्टाका लागि खुल्ला गरिदै आएको अतिआवसेक समानका पसललाई एकाएक झापाको कोरोना नियन्त्रण व्यवस्थापन समिति, स्थानिय सरकार र जिल्ला स्थित सरोकार पक्षको वैठकबाट दुई घण्टा समय थप गरेर लकडाउन खुकुलो बनाउने निर्णय भएको १ दिन बित्न नपाउदै जिल्ला भरिनै लगभग लकडाउन अन्त्य भएको जस्तो गरी बिहान ८ देखि १२ बजेसम्म बिर्तामोडमा अन्य दिनको भन्दा धेरै भिड बढेको एक प्रहरीले बताए ।

आज बिर्तामोडमा सरकारले तोकेको भन्दा फरक किसिमका कतिपय पसलहरु पनि खुल्ला गरिएको थियो ।

बिर्तामोडमा एकाकाए सर्वसाधारणको आवत जावत बढेपछी प्रहरीले भिडलाई बढन नदिन गरेको प्रयासहरु पनि असफल बनेको थियो, त्यस्तै ट्राफिक प्ररीको पनि । उता कृषिथोकमा स्थानिय युवाहरुले केहिदिन देखी स्वंमसेवक रुपमा टोलमा भिडभाड हुन नदिन गरेको काममा पनि केहीले असहत जनाउदा युवाहरु र सर्वसाधारण बिच बादविवाद भएको छ ।

नागरिकलाई घर बाहिर ननिस्कन भन्ने, नेताहरु चै राजनिती चलखेलमा रहने कोरोनाको चाँज आवसेक अनुसार नगराउने जस्ता कमजोरीले आफूहरुलाई नैरस्यता पैदा भएको भन्दै, अब लकडाउन होईन परिक्षण गराउन तर्फ सरकारले ध्यान दिन एक सर्वसाधारणले सरकारलाई सुझाव पनि दिएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 334

प्रतिक्रिया (०)

सम्बन्धित खबर