Aamsanchar

आँगनमा ‘बालबालिका र शिक्षा’

Author Image
शुक्रवार, जेठ २, २०७७

बिर्तामोड । कोरोना महामारीका कारण विद्यालय बन्द भएका बेला पनि बालबालिकालाई सृजनशील बन्न प्रेरित गर्ने उदेश्यले रेडियो कार्यक्रम प्रसारण हुने भएको छ।आँगन एफएम ८९।६ मेगाहर्जमा बालबालिका लक्षित कार्यक्रम बालबालिका र शिक्षाु संचालन हुने भएको छ ।

लामो समय विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा नकारात्मक असर पर्नुका साथै मनोबैज्ञानिक प्रभाव पनि पर्ने भएकाले रेडियो कार्यक्रम मार्फत बालबालिकामा सकारात्मक सन्देश संचार गर्न खोजिएको एफएमका स्टेसन म्यानेजर रन्जित प्रसाईंले जानकारी दिए। ग्लोरी इंग्लिस स्कुल बिर्तामोडसँगको सहकार्यमा उत्पादन हुने कार्यक्रम हरेक शुक्रबार बेलुका ७:१५ बजे र पुन : प्रसारण शनिबार बिहान ८:१५ बजे सुन्न सकिने कार्यक्रम संयोजक सरोज पौडेलले जानकारी दिए ।

कार्यक्रमले विद्यार्थीहरुमा चेतनाको बिकास र अपन्त्व महसुस हुने बिधालयका संचालक सन्तोष प्रसाईंले बताए । साप्ताहिक रुपमा प्रसारण हुने कार्यक्रममा शैक्षिक गतिविधिहरु र बालबालिकाका प्रतिभाहरु समेटिनेछ । संचारकर्मी शृजन घिमिरे ,मदन संग्रौला र बालबालिका ,शिक्षकको आवाजमा उत्पादन हुने कार्यक्रमले बालबालिकामा सकारात्मक सन्देश प्रभाव गर्ने अपेक्षा गरोएको छ । त्यस्तै लकडाउनको समयलाई कसरी सदुपयोग गर्ने भन्ने बारे पनि सामाग्री प्रस्तुत गरिने जनाईएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका ब्यक्तिहरुको सफलताको कथा उनीहरुकै आवाजमा ‘मेरो कथा’  स्तम्भ मार्फत प्रस्तुत गरिनेछ । शिक्षा क्षेत्रका जानकारहरुसँगको बहस समेत समेटेर एक पूर्ण बालबालिका केन्द्रित शैक्षिक कार्यक्रम उत्पादन गरिने एफएमकी समाचार संयोजक पुस्पा लिम्बुले बताईन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 297

प्रतिक्रिया (०)