Aamsanchar

एकका लागि एक अभियानको कार्यक्रम तेस्रो चरण तर्फ

Author Image
आइतवार, जेठ ४, २०७७

पाँचसय भिटिएम किट ल्याउने

बिर्तामोड क्वारेन्टाईनमा बस्नेलाई खाना पनि खुवाउने


चारपाने । कोरोना संक्रमण जोखिम न्युनिकरण रोकथाम र उपचारका लागि झापामा गठित सरकारी संयन्त्रले आग्रह गरेपछि ‘एकका लागि एक’ अभियानले क्वारेन्टाईनमा राखिएका व्यक्तीहरुलाई खाद्ययन्न सहयोग उपलब्ध गराउने भएको छ ।

सरकारी संयन्त्रले अभियानलाई एकद्वार प्रणाली मार्फत जोडिन आग्रह पनि गरेको छ । संयन्त्रको आग्रहलाई आत्मसाथ गर्दै अभियानले तेस्रो चरणको कार्यक्रम पनि सुरु गर्ने भएको छ ।
अभियानले विपन्न वर्गको लागि पहिलो चरणमा चामल, दाल,नुन लगायतका सामाग्री वितरण गरेर सुरु गरेको थियो, दोस्रो चरणमा बिर्तामोड र आसपासका पालिकाका विपन्न र असक्तहरुलाई एक छाक खाना खुवाउदै आएको छ । जेठ ५ गते सम्म खाना खुवाउने जमर्को गरिएको भए पनि खाना खुवाउने कार्यलाई ५ गते पछि पनि निरन्तरता दिने अभियन्ता सदस्य सञ्जिव घिमिरेले जानकारी दिएका छन ।

त्यसैगरी अभियानले आवसेक अनुसार पहिलो, दोस्रो कार्यक्रमलाई निरन्तरता दिदै तेस्रो चरणको कार्यक्रम स्वास्थ्य परिक्षण तर्फ केन्द्रित रहने आईतबार एकका लागि एकका अभियन्ताहरुको बिर्तामोड अतिथि सदमा बसेको बैठकले निर्णय गरेको छ ।

झापाका डेढ दर्जन संघसंस्थाका प्रतिनिधीहरुले निरन्तर रुपमा अभियानकालागि योगदान दिईरहेका छन । त्यसैगरी देश विदेशबाट अभियानका लागि सहयोग रकम जुटने कामपनि भईरहेको अभियानका सहसंयोजक विनोद बस्नेतले जानकारी दिए ।

वर्तमान अवस्थामा सरकारले लकडाउनलाई खुकुलो बनाउनु पनि कोरोना संक्रमितको संख्या पनि पढनुले आजको दिन सम्ममा सरकारबाट भएका काम सन्तोषजनक भएपनि कोरोना नियनत्रण रोकथामको लागि अब अझ थप व्यवस्थापनमा जिल्ला सम्यन्त्र र सरोकार पक्ष लाग्नु पर्ने, त्यसका लागि एकका लागि एक अभियाले पनि सकेको सहयोग गर्ने अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए ।

बैठकले झापामा कोरोना नमुना संकलन र परिक्षणको दायरा बढाउन सरकारलाई सुझाव दिएको छ, अभियानको तर्फबाट तत्काल पाँचसय थान बि एम भिटिएम (किट) खरिद गरेर जिल्ला कोरोना रोकथाम व्यवस्थापन समितिलार्ई उपलब्ध गराउने निर्णय गर्दै, झापामा कोरोना परिक्षणको लागि ल्याव पनि स्थापना गर्न सरकार संग माग गरेको अभियन्ता रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटीले बताएका छन ।

कोरोना परिक्षणलाई सर्व प्रथम उद्योगमा काम गर्ने मजदुर हरुलाई गर्न आवसेक रहेको र परिक्षण पछी नेगेटिभ देखिएका मजदुरलाई ढुक्क संग काममा लगाउन सक्दा राहतको लागि धेरै श्रोत र जनशक्ती खर्च नहुने धारणा अभियन्ताहरुले राखेका थिए ।

अभियान मार्फत झापा, मोरङ, सुनसरीका विभिन्न स्थानिय तहका नागरिकलाई राहत पुर्याउने काम गरिरहेको छ । हाल सम्ममा अभियानले १७ सय परिवारका लागि राहत खाद्ययन्न उपलब्ध गराई सकेको अभियन्ता निर्मल भट्टराईले जानकारी दिए ।

एकका लागि एक अभियानका निम्ति व्यक्तिगत र संस्थागत गरी हालसम्म ५१ लाख रुपैयाँ संकलन भइसकेको बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 334

प्रतिक्रिया (०)

सम्बन्धित खबर