Aamsanchar

लकडाउनले कृषिमा आत्मनिर्भर बनायो ठेकदार गौतमलाई

Author Image
बिहिवार, जेठ ८, २०७७

मेचीनगर ।  अहिले नोवल कोरोना भाइरस कोभिड १९ का कारण विश्व अक्रान्त बनेको छ । विश्वको अर्थतन्त्र निक्कै डामाडोल छ । मृत्यु र संक्रमितहुने मानिसको संख्या लाखौ बढी छ । नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन र नियन्त्रण तथा रोकथामका लागि विश्व अहिले लकडाउन बन्दाबन्दीको अवस्थामा छ । विश्वका कलकारखाना, उद्योग व्यवसाय, शैक्षिक प्रतिष्ठान, सडकमा गुड्ने यातायातदेखि हवाईउडानलगायतका सवै सेवा ठप्प छन् ।

हरेक नागरिक बन्दाबन्दी लकडाउनका कारण आ आफ्नै घरभित्र बस्न बाँध्य छन् । बजार बन्द भएका कारण उपभोक्ताहरु आफुलाई आवश्यक दैनिक उपभोग्य सामाग्री नपाएर हैरान व्यहोरीरहेका छन् । तर पनि यसलाई सहजरुपमा लिएर सवैले सरकारले घोषणा गरेको बन्दाबन्दी लकडाउनको पालना गरेर घरभित्रै बसेका छन् । नोवल कोरोना भाइरस कोभिड १९ विरुद्घ सवै एक भएर लागेका छन् । या मानवजातिको सुरक्षाका लागि नोवल कोरोना भाइरस कोभिड १९ विरुद्घ अघि बढीरहेका छन् । लकडाउन बन्दाबन्दीका कारण धेरैको दैनिकी वा जनजीवन कष्टकर भएको भए पनि धेरैले लकडाउन बन्दाबन्दीलाई अवसरका रुपमा लिएका छन् । समयको सदुपयोग राम्ररी नै गरिरहेका छन् यसले अधिकाँशलाई कृषि कर्ममा लाग्न प्रेरणा समेत मिलेको छ ।

झापा कमल गाउँपालिका —५ का रमेश गौतमको मुख्य व्यवसाय साप्ताहिकरुपमा लाग्ने हाटबजार र खोलानालको गिटी बालुवाको ठेक्का नै हो । बन्दाबन्दी लकडाउनका कारण उनकोे आय आम्दानीको मुख्यः श्रोत ठेक्कापट्टा अहिले ठप्प छ । आर्थिकरुपमा गौतमले ठुलो व्ययभार व्यहोर्नु परेको छ । हरेक साता दमक हाटबाट उठ्ने रकम गुमेको छ उनको । खोलानालाको ठेक्का पाएको भएपनि हालत उहि छ । तर, पनि गौतमलाई कुनै चिन्ता छैन बन्दाबन्दी लकडाउनको ।

भन्छन् —‘बन्दाबन्दी लकडाउनले सवैको दैनिकी कष्टकर त भएको छ कुनै न कुनै प्रकारले हामी सवैलाई नोक्सान पुगेको छ, यो सँगै यो विपद् मेरा लागि अवसर पनि बनेको छ ।’ बन्दाबन्दी लकडाउनअघि उनको भान्सामा कहिल्यै आफ्नो वारीको सव्जी पाकेन । हरेकदिन बजारबाट ल्याएर खानुपर्ने अवस्थामा पुगेका गौतमले बन्दाबन्दी लकडाउनलाई अवसरका रुपमा लिएर आफ्नै १० धुर जग्गामासव्जी खेती शुरु गरे । अहिले उनको करेसाबारीमा मनग्यै सागसव्जी फलाएका छन् ।

उनको भान्सामा यतिखेर आफ्नै वारीमा फलेका इस्कुस, चटेला, घिरौला, बोडी लट्टेको साग, करेला, भिण्डी फर्सीकोे गट्टा, काक्रा कुरिलोलगायतका तरकारी पुग्ने गरेको छ । मकै पनि राम्रै फलाएका छन् । उनले ६ कठ्ठा जमिनमा लगाएको मकै पाक्न लागेको उनको भनाई छ । बन्दाबन्दी लकडाउनको सदुपयोग गदैं आफ्नो खेतीवारी खनेरै तरकारी खेती गरेको उनको भनाई छ । यसले गर्दा के हुँदो रहेनछ भन्ने एउटा गतिलो पाठ समेत मिलेको बताउँछन गौतम । ‘बन्दाबन्दी लकडाउनले निक्कै फुसूर्दिलो बनायो’ गौतमले भने—‘सवै व्यवसाय ठप्प छन् । खोलानाला हाटबजार सवै बन्द घरमै चुप लागेर बस्न सकिन यो फुसूर्दको समयलाई सदुपयोग गदैं आफ्नै वारीमा सव्जी खेती शुरु गरे अहिले मनग्यै फले पनि बन्दाबन्दी लकडाउनले आत्ननिर्भर हुन पनि सिकायो ।’

यसलाई उनी बन्दाबन्दी लकडाउनको फाइदा र यसैको प्रतिफल भएको बताउछन् । बजारमा पैसा हाले पनि ताजा तरकारी खान नपाएको स्मरण गदैं गौतमले भने —‘ आफ्नो वारीमा फलाएको सागसब्जी विषादीरहित छ । रसायनिक मल प्रयोेग भएको छैन । गाईवस्तुको गोेवर मल हालेर फलाएकोे छु । पक्का अग्र्यानिक यसले शरीरमा फाइदा पनि पुग्यो खानको लागि ताजा र स्वादिष्ट पनि भयो । ’

यतिखेर तरकारी खेतीसँगै धान रोप्नका लागि व्याड बनाउने तयारीमा जुटेका छन् गौतम । उनीहरु भन्छन—‘जोत्न ट्याक्टर पाइएन यसपटक खनेरै व्याड बनाउने र बीउ छर्ने हो । ’ हुनतः उनको पुख्र्याेली पेशा खेतीपाती कृषिकर्म नै हो । तर, उनी यो पुख्र्याेली पेशालाई चट्टकै छाडेर वैैदशिक रोजगारका लागि १२ वर्ष विदेशिएका थिए । ३ वर्ष मकाउ र ९ वर्ष दुवई बसेर स्वदेश फर्केका गौतम लगत्तै ठेकदारी व्यवसायमा जमे । तर यो बन्दाबन्दी लकडाउनले उनका सवै व्यवसाय ठप्प भएपछि कृषिकर्ममै जुटे । ‘जति नै गरे पनि कृषि जस्तो पक्का र स्थायी पेशा केही नहुँदो रहेछ’ गौतमले भने—‘कृषिकर्मले हरेकलाई आत्मनिर्भर बनाउछ, परनिर्भरको अन्त्य गर्दछ । ’

लकडाउनको फाइदा उठाएर कृषिकर्ममा लाग्ने गौतम त एकजना प्र्रतिनिधि पात्र मात्र हुन् । झापा मेचीनगर—६ का अधिकाँश मानिसले आफ्नो घर नजीकैको बाझो जग्गा खनेरै तरकारी खेती गरेका छन् । अन्य दिन कुनै न कुनै पेशा व्यवसायमा व्यस्त यहाका मानिस अहिले फुसुद भएका बखत घर नजीकैको बाझो जमीन खनेर तरकारी खेती गर्न थालेका हुँन् । अहिले धेरैले आफ्नो घर नजीकै घिरौला, बोडी लट्टेको साग, करेला, भिण्डी फर्सीकोे गट्टा, काक्रा फलाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर