Aamsanchar

नृत्य कलाकार संघले ५५ परिवारमा पुर्यायो राहत

Author Image
शुक्रवार, जेठ ९, २०७७

भोजपुर । नृत्य कलाकार संघ प्रदेश न १ र भोजपुर नृत्य कलाकार संघले ५५ परिवारलाई राहत वितरण गरेको छ ।

लकडाउनका कारण दैनिक रोजगारी गुमाएका कारण खाद्यसंकटमा गरेका भोजपुर पोवाढुम्मा गाउँ पालिका वाड न. ३ चाम्ताङ सास्कृतिक परिवारका ५५ परिवारलाइ खाद्य सामग्री वितरण गरिएको हो ।

डाक्टर कैलाश विश्वकर्मा, इन्जिनियर. सन्जय बयलकोटी, आङदावा शेर्पा तथा यातायात ढुवानी संघको सहयोग र कलाकार देवराज गजमेर, भोजपुर नृत्यकलाकार संघका अध्यक्ष सुसन घिमिरे लगायतको सक्रियतामा राहत वितरण गरिएको नृत्य कलाकार संघका महासचिव राज सुब्बाले जानकारी दिएका छन ।

अव केही दिनमा प्रदेशका ग्रामिण भेगका १ सय ४५ परिवारको लागि राहत वितरण गर्ने तयारी गरिएको कलाकार संघका प्रदेशअध्यक्ष सुनिल थापाले जानकारी दिएका छन ।
राहत वितरण कार्यलाई आवसेकताको आधारमा प्रदेश नं. १ भित्र रहेका नृत्यकर्मीहरु समक्ष पनि पुर्याउने अध्यक्ष थापाले प्रतिवद्धता गरेका छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर