Aamsanchar

मेची भन्सार कार्यालयको वार्षिक लक्ष्य पुरा नहुने संकेत

Author Image
शुक्रवार, जेठ ९, २०७७

चालु आथिर्क वर्ष २०७६ /०७७ को पहिलो दशमहिनामा सकिन मात्र दुई महिना बाकी रहँदा लक्ष्यको तुलनामा ६ अर्व ५५ करोड ८६ लाख वा ४९ दशमलव ५४ प्रतिशत राजस्व संकलन

 

काँकरभिट्टा/ १ नम्बर प्रदेशमा सर्वाधिक राजस्व संकलन गर्ने पूर्वको मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्ष २०७६/०७७ को वार्षिक राजस्व लक्ष्य पुरा नगर्ने संकेत देखिएको छ ।

नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागले यस कार्यालयलाई चालुु आर्थिक वर्ष २०७६/२०७७ का लागि १३ अर्व २४ करोेड रुपैयाँ वार्षिक राजस्व असुलीको लक्ष्य दिएको छ । तर चालु आथिर्क वर्ष सकिन मात्र दुई महिना बाकी रहँदा लक्ष्यको तुलनामा ४९ दशमलव ५४ प्रतिशत मात्र रकम असुली गरेको छ । प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ को वितेको दशमहिना वा साउनदेखि बैशाखमहिनासम्मको अवधिमा कार्यलयले ६ अर्व ५५ करोड ८६ लाख वा ४९ दशमलव ५४ प्रतिशत राजस्व संकलन गरेको छ ।

पहिलो दशमहिना संकलित राजस्व सो अवधिसम्मको लक्ष्यको तुलनामा ६० प्रतिशत हो । साउनदेखि बैशाखमहिनासम्म कार्यालयको लक्ष्य १० अर्व ९५ करोड १४ लाख रुपैयाँ छ । जेठमहिनामा कार्यालयको मासीक लक्ष्य १ अर्व १८ करोड भएपनि पहिलो सातासम्म ६ करोड ५५ लाख रुपैयाँ संकलन भएको प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो ।

भारतको पश्चिम बंगाल सरकारले नेपालसँग सीधा सीमा जोडिएको भारतको पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा मेची भन्सार कार्यालय काँकरभिट्टाको १ अर्ब १० करोड रुपैयाँ राजस्व प्र्रभावित बनेको थियो । यसैका कारण कार्यालयले वार्षिक लक्ष्य पुरा गर्न नसक्ने संकेत देखिएको हो ।

चैत २५ गतेसम्म यो नाका भएर सामान आइरहेका भएपनि २६ गतेदेखि सँग सीमा जोडिएको नेपालको पूर्वीनाका काँकररभिट्टा भारततर्फबाट एकलौटी पश्चिम बंगाल सरकारले नाका बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सवै सवारीका साधन ठप्प थिए । चैत २६ देखि बैशाख २६ गतेसम्म वा ३१ दिन यो नाका पूर्णरुपमा ठप्प हुँदा मेची भन्सारर कार्र्यालय काँकरभिट्टाले १ अर्ब १० करोड रुपैयाँ राजस्व गुमाउनु परेको प्रमुख भन्सार अधिकृत विश्वकर्माले जानकारी दिनुभयो ।

भारतका विभिन्न प्रान्तमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेसँगै पश्चिम बंगाल सरकारले अघिल्लो वर्षकोे चैत २६ गतेदेखि पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा नेपाल प्रवेश गर्नै भारतलगायत तेस्रोमुलुकबाट विभिन्न सामान बोकेका मालवहाक सवारी साधनको आवतजावत शुन्य हुँदा मेची भन्सार कार्यालय काँकररभिट्टाको राजस्व असुली नराम्ररी प्रभावित भएको थियो ।

नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम र नियनत्रणका भन्दैं अघिल्लो वर्षको चैत ११ गते नेपाल सरकारले लकडाउन गरेलगत्तै पूर्वीनाका भएर अत्यावश्यक सामान ग्यास, बुलेट, तरकारी, फलफूल खाद्यन्नमात्र आउन थालेका थिए । ३१ दिनपछिदेखि मात्र यो नाका सञ्चालनमा आएको छ । तर, भारतलगायत तेस्रोमुलुकबाट विभिन्न सामान बोकेका मालवहाक सवारी साधन नेपाल प्रवेश गरेपनि नेपालबाट निर्यात हुने सवै मालवस्तु ठप्प छन् । नेपालबाट भने कुनै पनि सवारी साधन भारत, बंगलादेशलगायत अन्य मुलुक गएका छैनन् । यसले पनि अहिलेसम्म राजस्व असुलीमा असर परिहरेको भन्सार अधिकारीहरुको भनाई छ ।

यो नाका हुर्दै खाना पकाउने एलपी ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङ्गकर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, रंगीन टेलिभिजन, ग्लेज टाईल, लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युबहरु लगायत बिभिन्न सामाग्री भारत तथा तेश्रोमुलुकबाट पैठारी भई आउने गरेका छन् भने मुसुरो दाल, भेनीयर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपर, लगायतका बस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकाशी हुने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 743

प्रतिक्रिया (०)

सम्बन्धित खबर