Aamsanchar

अबदेखि बोल्दा हेक्का राख्ने भन्दै नायिका वर्षा राउतले मागिन् माफी

Author Image
सोमवार, जेठ १२, २०७७

काठमाडौं । सीमा विवादका विषयमा बोलेर चौतर्फी आलोचना खेप्नु परेपछि नायिका वर्षा राउतले माफी मागेकी छन् । बोल्दा अब हेक्का राख्ने भन्दै उनले सामाजिक सञ्जालमार्फत माफी मागेकी हुन् ।

नायिका राउतले अब आफूले भारतीय साथीहरुसँग कसरी कुरा गर्नु भनेर दिएको अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ । उनको अभिव्यक्तिले शनिबारदेखि सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ ।

उनले भनेकी थिइन्,‘‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने अनि इन्डियन साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेको छ ।’

उनले भारत र नेपालका पत्रकारहरु मिलेर दुई देशबीचमा फाटो ल्याउने काम गरिरहेको भन्दै भिडियोमा भनेकी छिन्, ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन्।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 338

प्रतिक्रिया (०)

सम्बन्धित खबर