Aamsanchar

मानव र पर्यावरण जोगाउन स्थानीयको ज्ञापनपत्र

Author Image
बिहिवार, जेठ १५, २०७७


झापा । पेट्रोलियम पर्दाथको डिपो राख्दा मानववस्तीसहित सबै क्षेत्रलाइ असर पर्ने भन्दै निर्माण कार्य रोक्न मेचिनगर-१३ का स्थानीयबासीले नेपाल आयल निगम चारआलिमा ज्ञापन बुझाएका छ्न् ।

मेचिनगरपालिकाको कार्यालय इटाभट्टा, जिल्ला प्रशासन कार्यालय झापा, डिभिजन बन कार्यालय भद्रपुरलाई समेत ज्ञापनपत्रको बोदार्थ बुझाइएको छ ।

स्थानीयले संघष समिति नै बनाएर मेचिनगर वडा कार्यालय-१३ का अध्यक्ष कृष्णराज सिग्देललाई ज्ञापनपत्र बुझाएपछि आयल निगमलाई ज्ञापनपत्र बुझाएका हुन् । स्थानीयले अध्यक्ष बद्री महत, सचीव तेजप्रसाद सिग्देलसहित २५ सदस्यीय संघष समितिले बिहिवार निगमका प्रमुख मनिश न्यौपानेलाई ज्ञापन बुझाएका हुन् ।

आयल निगमको स्वामित्वमा रहेको २३ बिगा १० कठा १३ धुरमा स्थानीयलाई सुचित नै नगरी हाल डिपिआर र माटो परिक्षण गरेको, आसपासका ५ सय घरपरिवार र जमिनको उर्भरा घटि प्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने, नजिकै रहेको हातेमालो समुदायिक बन र त्यहाँभित्र रहेका लोपोन्मुख प्रा‍णी बन्यजन्तुलाई र पर्यावरणमा असार पुगि पर्यावरण सन्तुलित नहुने भइ मापदण्डमा प्रश्न आउने हुँदा निर्माणकार्यको थालनीलाई तत्काल रोक्न आग्रह गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै वडा अध्यक्ष सिग्देलले वडालाइ समेत सूचना नदिइ सर्भे गरेकोप्रती आपती जनाएका थिए । उनले जनता र पर्यावरणलाइ प्रत्येक रुपमा नकारात्मक असर पर्ने खालको कुनैपनी गतिविधि गर्न गराउन नहुने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर