Aamsanchar

शैक्षिक र निर्माण व्यवसाय छोडेर कृषि पेशामा झापाका दुई युवा

Author Image
शुक्रवार, जेठ १६, २०७७

लकडाउनको समयमा धेरै युवाहरु व्यरोजगार बनेका छन । कतिको रोजगारी लकडाउन पछी पनि गुम्ने जोखिम छ । कतिपयको व्यापार कामधन्दा लकडाउन खुल्ला भएपनि डामाडोलनै हुने निस्चित देखिन्छ ।

बैदेशिक रोजगारीमा जानपनि धेरै अवसरका बाटोहरु बन्द हुने जानकारी विश्व अर्थतन्त्र विज्ञहरुले बताईरहेका छन । यि जस्ता कयौं समस्याहरु नेपाली युवाहरुमा देखा परेको छ । जव रोजगार हुदैन तव सम्म व्यक्ती र देश स्ववलम्बन बन्न सक्ने सम्भावना नै हुदैन । त्यसका लागि कुनै न कुनै काम इलममा युवा लाग्न जरुरी रहन्छ । जो युवा कर्मशील बन्छ उसकालागि भाग्य, भविश्य, सुख, सुविधा खोज्न अन्त जानै पर्दैन आफै घर परिवारमा आउछ ।

त्यस्तै लकडाउनले व्यरोजगार बनेका झापा गाउँपालिकाका दुई युवाले आफ्नो भावी जीवनलाई क्रियाशिल बनाउन, अरुलाई पनि रोजगारी उपलब्ध गराउन पहिले गर्दै आएको पेशालाई परिवर्तन गरेर यतीवेला आफ्ना कर्मशील हातहरुका नग्राहरु कृषि काममा खियाई रहेका छन ।

प्रेम सिटौला ।

लकडाउन हुनु अघि शैक्षिक र निर्माण व्यवसायी क्षेत्रमा आवद्ध बनेका झापा गाउँपालिका वडा नं. २ टप्पुका प्रेम सिटौला शिक्षा क्षेत्रमा रहेर काम गर्दै आएका थिए, उनले विद्यालय संचालन गरेका थिए । त्यसैगरी सोही ठाउँका समित राई निर्माण व्यवसाय थिए, दुबैजनाले आआफ्नो क्षेत्रमा व्यवसायिक पहिचन बनाई सकेका थिए । तर विश्वमा कोरोना कहर बढदै जाँदा नेपाल पनि त्यसको चपेटामा पर्यो, देशनै लकडाउन हुन पुग्यो सबै क्षेत्रमा नराम्रो असर परिरहेको छ, अझ नेपालका तराईका जिल्लामा लकडाउनको असर झन सहनै नसक्ने बनिरहेको छ, त्यसमा झापा जिल्लाको अवस्था पनि निक्कै निरासाजन रहेको वेला, प्रेरस पशुपालन तथा अग्र्यानिक कृषि फर्म दर्ता गरेर सिटौला र राईले कृषि पेशालाई अप्नाएका छन ।

आजभोली उनिहरु मेवा रोप्नमा व्यस्त छन । उनिहरुले दुई विघा भन्दा धेरै क्षेत्रफलमा मेवा रोप्नेकाम गरिरहेका छन । रोपेको १३ महिना भित्रमा उत्पानद दिईसक्ने रेडलेडी जातको मेवा १५ सय बिरुवा रोपिएको छ ।
दुईसय बिरुवा कागती पनि रोपिएको छ । केरा रोप्ने योजना बनाईएको छ । वेमौषमी तरकारी, कुरिलो खेती प्रार्थमितामा राखेको फर्मका संचालक प्रेम सिटौलाले बताएका छन ।

समित राई ।

कृषि फर्ममा पशु पालनलाई पनि उत्तिकै महत्व दिईएको छ । राँगा, खसी पालनलाई योजनावद्ध सुरु गरिएको छ । हाँस, कुखरा र माछा पालनलाई ६ विघा क्षेत्र भित्र समेटिएको छ, ५ बर्षको लागि जमिन भाडामा दिएर सुरु गरिएको कृषि फर्म क्षेत्रलाई आगामी दिनमा अझै क्षेत्र बिस्तार गरेर बढाउने योजना रहेको अर्का संचालक समित राईले जानकारी दिएका छन ।

झापा गाउँपालिकाका यि दुई युवाले सुरु गरेको काम सुरवात मात्र हो यही बैशाखबाट सुरु गरेको योजनाले केही महिनामै सिंगो युवा र समाजको लागि प्रेरणादायी बन्ने र कृषि पेशा प्रति युवाहरुको आर्कषण बढाउने निस्चित छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 387

प्रतिक्रिया (०)

सम्बन्धित खबर