Aamsanchar

सर्वसाधारण भोकभोकै, जुवाखालमा प्रहरी छापा, समातिए ९ जना व्यापारी

Author Image
मङ्गलवार, जेठ २०, २०७७

काठमाडौं । काठमाडौंको कमलादीस्थित एक होटलबाट होटल मालिकसहित ९ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेका उनीहरुलाई २ लाख ७७ हजार ७ सय २० रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, गाविन्द सरिया, रामचन्द्र संघाई लगायत रहेका छन् । उनीहरु सबैलाई महानगरीय प्रहरी वृत दरबार मार्गबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको एएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर