Aamsanchar

बैतडीको क्वारेन्टिनमा एक महिलाको मृत्यु

Author Image
मङ्गलवार, जेठ २०, २०७७

बाच्नको लागि बनाईएकाको क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।

बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी भटनाकै २२ वर्षीया सुनीता लोहारको मंगलबार बिहान मृत्यु भएको हो ।

उनको कोरोना परीक्षण गर्न स्वाब संकलन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए । मृतक लुहार मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहित कुमार धानुकले बताए ।

लुहारको अवस्था सोमबारसम्म सामान्य रहेपनि मंगलबार बिहानै मृत्यु भएको उनको भनाइ छ । मृतक लुहार जेठ १६ गते गौरिफण्टा नाकाबाट हुँदै स्वदेश फकिएकी थिइन् । उनी जेठ १८ गतेदेखि क्वारेन्टिनमा बसिरहेकी थिइन् ।

मृतकसँगै उनका श्रीमान् र १८ महिने बच्चा पनि क्वारेन्टिनमै बसिरहेका थिए । मृतक भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएको तर आर्थिक अभावका कारण विगत १२ दिनदेखि औषधी सेवन गर्न नपाएको उनका श्रीमान हरिश लुहारले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर