Aamsanchar

छिमेकी

Author Image
बुधवार, जेठ २१, २०७७
म परेवा उडाउछु
उ गुलेलिले हानेर मार्छ ।
म सिमानामा फुल रोप्छु।
उ आफ्ना बाख्रा छोडदिन्छ ।
म बत्ती निभाएर सुत्छु ।
उ बत्ती बालेर साँधको आलि ताछन थाल्छ ।
हामिले अनगिन्ती छाक खाना सँगै खाएका छौ।
दसैं, तिहार,शिवरात्री पनि मनाएका छौ ।
म छिमेकीलाई भन्छु ।
बुद्धलाई सम्झ ।
रामलाई जप ।
जनक जस्तै ज्ञानि बन ।
उ महिसासुर हिरण्यकश्यप
रावणको उदाहरणले फेरि तर्साउन खोज्छ ।
पृथ्वी हामी सबैको,बिहानै उदाउने घाम सवैको ,बाँच्नको लागि स्वास फेर्ने हावा सबैको , जब म मेरो छिमेकीलाई सम्झाउन खोज्छु यस्ता कुराहरु ।
छिमेकी भन्छ ।
पैसा ठूलो हो।
इज्जत अनि सान ठुलो हो।
मिसाइल ठूलो हो।
हतियार ठूलो हो।
फौज ठूलो हो।
छिमेकी फेरि मलाइ डराउन खोज्छ ।
म चुपचाप बस्छु ।
किनभने, मेरो बजार जाने बाटो, छोराछोरी स्कुल जाने बाटो , गाइबाख्रा चर्न जाने बाटो , र मेरो खेतमा पानी जाने कुलो पनि , उसको आँगनको बाटो हुँदै जाने गर्छ ।
लेखक दाहाल शिवन्ज झापा निवासी हुन हाल दुबईमा बस्छन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 305

प्रतिक्रिया (०)

सम्बन्धित खबर