Aamsanchar

चारआलीमा वृक्ष रोपण

Author Image
शुक्रवार, जेठ २३, २०७७

चारआली । वन सुरक्षित छ, त्यसैले त हामी सुरक्षित छौ, भन्ने नारा लिएर स्थानीय सङ्घ-सस्थाले बिहिवार चारआली वृक्ष रोपण गरेका छन् ।

हातेमालो सामुदायिक वन उपभोक्ता समितिको अगुवाईमा सर्प दंस केन्द्र चारआलि, विरान टोल बिकास समितिले हातेमालो वन परिषरको खाली जग्गामा २ सयबढी बृक्ष रोपेका हुन्न् ।

वनको केहि १० हेक्टरबढी खाली जमीनलाई सदुपयोग गरि नमूनाको रूपमा परिचित गराउन कहटर, राजबृक्ष, अमला, निम, टीकलगायतका बिरुवा रोपिएको हातेमालो सामुहिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेम पौडेलले बताए । बिरुवा रोप्नु अघि आयोजित कार्यक्रममा प्रमुख अतिथी मेचिनगर -१३ का वडाअध्यक्ष कृष्णराज सिग्देललगायतले बिश्वमा वन बिनाशकै कारण मानब र प्राणीले दैबिक बिपत्तिको सामना गर्नुपरेकोले हरियाली वनको संरक्षण नै प्राणी जगतको पहिचान रहेको उल्लेख गरे ।

कार्यक्रममा मेचिनगर-१३ को शिवशक्ती टोल बिकास समितिका अध्यक्ष बद्री महत, बिराम टोल बिकास समितीका अध्यक्ष लक्षमण कार्कीलगायत बोलेका थिए ।
प्रेम पौडेलको अध्यक्षता सप्पन्न कार्यक्रमको संचालन सर्प दस केन्द्रको प्रियंका गौतमले गरेकी थिइन् । बृक्ष रोपणमा स्थानीय युवाको सक्रिय सहभागिता रहेको थियोे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर