Aamsanchar

जनस्तरबाट पूर्वी नाकामा नेपालको नयाँ नक्सा सार्वजनिक

Author Image
बिहिवार, जेठ २९, २०७७

काँकडभिट्टा । नेपाल सरकारले भरखरै सार्वजनिक गरेको नेपालको नक्शा विहीवार नेपाल प्रवेशको पुर्वीद्वारमा राखिएको छ ।
नयाँ नक्शामा भारतले अतिक्रमण गरेको नेपाली भूमि कलापानी,लिपुलेक लिम्पियाधुरासमेत समेटिएको छ ।

नयाँ नक्शा सार्वजिक कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले भारतलेमात्र नभई विश्वका कुनै पनि देशले नेपाली भूमि अतिक्रमण गरे आम देशवासीलाई शैया नहुने भन्दै त्यसका विरूद्ध जस्तो सुकै आन्दलोन गर्न तयार हुने चेतावनी दिनुभयो । प्रदेश सभा सदस्य बुडाथोकीले राजनीतिक आस्था र विचारका आधार फरक मत भएपनि राष्ट्रियताका सवालमा सम्पुर्ण देशवासी एक ठाउँमा उभिने बताउनुभयो । देशको सीमा रक्षाका लागि हरेक नेपाली रातदिन सक्रिय रहने भन्दै वर्तमान ओली नेतृत्वको सरकारले भारतले अतिक्रमण गरेको जग्गा समेत समेटेर नयाँ नेपालको नक्शा सार्वजनिक गरेकोमा सरकारको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती, नेकपा झापा जिल्ला कमिटि सदस्य डिल्लीराम घिमिरे, मेचीनगर अध्यक्ष माधवलाल अर्याल, राष्ट्रिय युवा संघका कुमार आचार्य, युवा नेताहरू विनोद मण्डल, दीपक थापा, अखिलका झापा सहसंयोजक दुर्गा धमलालगायतको कार्यक्रममा उपस्थिति थियो ।

अखिलका मेचीनगर अध्यक्ष सन्तोष धमलाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा संघ नेपालका मेचीनगर अध्यक्ष सरोज मेहराले गर्नुभएको थियो ।
झापा जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष शंकर थापालगायत नेकपा, विद्यार्थीलहरु युवा संघका विभिन्न नेतागणको सहभागिता थियो ।

सरकारले गरेको औपचारी सार्वजनिक पछी झापाको मेचीनगर काँकडभिट्टमा जनस्तरबाट सायदै पहिलो पटक नेपालको नयाँ नक्सा सार्वजनिक स्थलमा राखिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर