Aamsanchar

उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति पत्र अनिवार्य

Author Image
आइतवार, जेठ ३२, २०७७

फायल फोटो

काठमाडौँ ।  कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न काठमाडौँ प्रवेशका लागि आफू बसोबास गर्ने स्थानीय तहको अनुमति अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार काठमाडौँ आउने व्यक्तिले त्यसरी स्थानीय तहको अनुमति लिएर आफू रहेको प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ । उक्त अनुमति प्राप्तसहित निवेदन परेपछि सो विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले काठमाडौँ प्रशासनमा पठाउनु पर्नेछ ।

उक्त निवेदनमाथि काठमाडौँ प्रशासनले सङ्क्रमणको जोखिम विष्लेषण र यात्रा औचित्यलाई पुष्टि हुने कागजातको समेत विचार गरी सवारी पास जारी गर्न सहमति प्रदान गरेपछि मात्रै सम्बन्धित कार्यालयले पास उपलब्ध गराउने छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना जारी गरी जेठ २८ को मन्त्रिपरिषद्को निर्णय तथा गृह मन्त्रालयको जेठ ३० को निर्देशनबमोजिम उक्त व्यवस्था गरिएको जनाएको छ ।

काठमाडौँबाट बाहिर जानका लागि व्यक्तिगत अत्यावश्यक कार्यका लागि भए प्रयोजन खुल्ने कागजातसहित जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिनुपर्नेछ । सरकारी तथा संस्थागत कामका लागि भए सम्बन्धित कार्यालयको सिफारिस पत्रसहित निवेदन दिनुपर्ने सूचनामा जनाइएको छ । काठमाडौँ जिल्लाभित्र जोर–बिजोर प्रणाली लागू भएकाले सवारी पास भने हाललाई बन्द गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर