Aamsanchar
Adv top
Adv below_nav

आमालाई धन्यवाद !



आभारी छु कृतज्ञ छु
यो सुन्दर संसार देखाई दिनुभयो
आज कसरी धन्यवाद दिउ
म कसरी आभार प्रकट गरुँ
कुन प्रकारले धन्यवाद व्यक्त गरुँ
मेरो लागि कर्म गर्ने बुबा
जन्म दिने मेरो आमा
मेरो निमित्त महान
हो कति संघर्ष गरेर
यहाँसम्म आइपुगेको छु
आमाको आशीर्वाद र,
बुबाको कर्मले ठेलेको छ
आज म जन्मिएको दिन
पहिलोपटक धर्ती टेकेको दिन
म रुँदा आमा खुसी हुनु भएको
दिन हो आज
म अनुग्रह भएर
मेरो हृदयको
ती कुनाकप्चाबाट नै
धन्यवाद छ जसले सारा
प्रसव पीडा सहेर
यो सुन्दर संसारको
अनुभव गराउनु भएको छ
भगवान जहाँ पनि पुग्न सक्तैनन्
त्यसैले भगवानको ठाउँमा आमा बनाएको हो
रातमा उज्यालो बनाउने जून छ
दिनमा उज्यालो बनाउने सुर्य छ
मेरो जीवनमा अर्थपुर्ण र सार्थक बनाउने
आमाको ममता र स्नेह
र , आशीर्वाद छ
हो आमा तपाइलाई हृदयदेखि नै
धन्यवाद छ ।।

 संग्रौला बिर्तामोड झापाका हुन हाल दुबईमा छन ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।