Aamsanchar

गोल्यानको ड्रागन फ्रुट’ खेती कतै देखाउने दात मात्र त हैन

Author Image
शुक्रवार, असार ५, २०७७

बिर्तामोड । झापा गाउँपालिकाको मदरगाछमा गोल्यान समूहले सुरुगरेको ड्रागन, कागती खेतीको बारेमा विभिन्न मिडियामा समाचार आयो, केही मिडियाका अनुसार खेती असाध्य राम्रो, ड्रागन फूलेको र फलेको पनि फोटो देखाईयो । देख्दा रमित लाग्दो त्यसमा पनि नौलो फल हेर्ने र खाने ईच्छा लिदै बढो उत्हाहित बनेर झापाका हामि केही सञ्चारकर्मीहरु खेतीका बारेमा समाचार लेख्न, फोटो फिचर,भिडियो खिच्न भनेर सोध्दै खोज्दै केहीदिन अघि मदरगाँछ पुगेका थियौं । एतीको ठुलो कम्पनीले सुरुगरेको खेती पक्कै राम्रो हुनुपर्छ, धेरैकुराहरु जानकारी पाईन्छ होला, सुचना डेक्स सम्पर्क कार्यालय र कर्मचारी होलान भन्ने हाम्रो कल्पना थियो । त्यहाँ पुग्दा हामि अन्योलमा पर्नुपर्यो, न व्यवस्थित घेराबारा छ न कार्यालय, कर्मचारीछन लाग्यो यो कृषि परियोजना गोल्यानको नभएर अरु कसैको हो । जानकारी दिने बोर्ड व्यानर पनि केही थिएन ।

अन्योलताकै विचमा एकजना व्यक्ती देखिए तिनिलाई सोधयौं दाई यो गोल्यान समूहको ड्रागन खेती हो । उनले अल्छी मान्दै हो भने । बिस्तारै कुरा गर्दैजादा थाहाँ भयो । तिनी चौकीदारमा नियुक्ती भएका रहेछन, काम भने चौकीदारी नगर्दा हुने जस्तो अवस्था देखिन्थियो त्याहाँको व्यवस्थापन ।
फर्मभित्र प्रवेश गर्नसाथ चौकीदार बर्बराउदै भन्न थाले अब म यहाँ बस्दिन कोही आउदैनन कुनै गोडमेल छैन म्यानेजर नआएको ३ महिना भन्दा धेरै भयो जतात्यतै झार जंगलले छेकिसक्यो, मलाई पो झार उखाल्नु भने म यहाँ चौकीदार गर्न भनेर बसेको हुँ तर पनि सकेको अरु काम गरेकै छु, झार उखाल्ने काम चै गर्दिन अब यहाँ काम गर्दिन निस्कन्छु, अन्तिममा उनले भने  मेरो नाम चै उल्लेख नगरी दिनु ।

साच्चै चौकीदारको गुनासो र त्यहाँको अवस्था हेर्दा खेतीबाट आम्दामी गर्ने गरि गरेको जस्तो थिएन । रोपिएका छन ड्रागन र कागती कुनै गोडमेल छैन, कास र झारले छोपेको छ । लहरिदै गरेको ड्रागन भाचिएका धेरै छन, लत्रिएका त झन कति कति । कागतीको अवस्था पनि उस्तै छ झाङगिन थालेको छ त्याहाँ पनि काँस र जंगली झारले कागतीको विरुवालाई गाजेको छ ।

बरीपरी लगाएको तारबार लगाए टोपलेको मात्रको छ । जताबाट पनि छिर्न सकिन्छ । स्थानियको लागि भने राम्रो भएको छ मनग्गे घासँकाट्न पाएका छन । तर काँस कसैले काटि दिदैनन ।

हुन त यो निजी कम्पनीको कुरा होजे गरेपनि हुन्छ, कम्पनीले आम्दामी गरोस की नगरोस अरुको टाउको दुखाई किन भन्ने प्रस्न पनि उठने सम्भावना धेरै हुन सक्छ । खेतीको बारेमा लेख्नु पर्ने आवसेकता पनि थिएन । तर निजी भएपनि यो कृषि फर्म समाजिक सरोकारको बिषय बनेको छ । कम्पनीले संचारमाध्यमबाट खेतीको बारेमा दिईएको जानकारीले पनि सामाजिक सरोकारको बिषय बनेको हो । नागरिकलाई नयाँ खेतीको बारेमा जानकारी दिन हामि पनि आतुर भएर त्यहाँ सम्म पुगेका थियौं । । त्याहाँ पुगेपछी अनाआस्यक प्रचार किन गराएको ? सरकारको अनुदान पनि होला ? अनुदान दिईएको भए उपलब्धी नहुने ठाउँमा सरकारले किन दियो ? जस्ता प्रस्न उत्पन्न भएको कारणले, लेख्न बाध्य बनायो । ड्रागन खेती हेर्नभनेर टाढाटाढा देखि मानिसहरु पुग्ने गरेका छन । त्यहाँ पुग्दा निरास बनेर फर्कनु परेको अवस्था छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 415

प्रतिक्रिया (०)

सम्बन्धित खबर