Aamsanchar

चिडियाघर (बाल कबिता)

Author Image
शुक्रवार, असार ५, २०७७

शनिबार बाबुनानी चिडियाघर जाने
मिठो मिठो पकाएर उतै खान लाने ।
मयुरले नाच्छ, उफ्री हिडछ खरायो
कति राम्रो हरिण,कति राम्रो जरायो ।

निलगाई, जलगैंडा, चिम्पान्जी र हात्ती,
गर्जीरन्छ खोर भित्र एउटा सिंह मात्ती ।
बढेमानको अस्ट्रीज हेर्दै हिडछ कर्के ,
लंगुर बाँदर कराउने फुरफुर गर्छ लोखर्के ।

माछा हेर,चरा हेर थरिथरि रंग,
तिमी जस्ता फुच्चाफुच्ची पर्दारैछन दंग ।
हेर्नपर्छ दुम्सी, स्याल मकै चोर्ने भालु,
आफ्नो तागत देखाउदै गैंडा बन्छ ठालु ।

घमाई रमाई नपाएनी जंगलमा चर्न,
कति बिधि मोटाएको हेर बाबै अर्ना।
लुकी चोरी खसी खान्थ्यो त्यसले हाम्रो गाउँमा,
बाघ कसले समाई ल्यायो लौ न यस्तो ठाउँमा ।।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 333

प्रतिक्रिया (०)

सम्बन्धित खबर