Aamsanchar

अर्जुनधाराका कृषकलाई कृषि उपकरण हस्तान्तण

Author Image
आइतवार, असार ७, २०७७

प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना अन्तरगत तरकारी खेती पकेट कार्यक्रमकालागि झापाको अर्जुनधारा नगरपालिका कटहरडाँडा कृषि सहकारी संस्थाका सदस्यलाई कृषि सामाग्री प्रदान गरिएको छ ।

कृषि ज्ञान केन्द्र र कटरडांडा कृषि सहकारी संस्थाको संयुक्त लगानिमा खरिद गरिएका कृषि सामाग्री आइतबार एक कार्यक्रमकाबिच ज्ञानकेन्द्रका प्रतिनिधि र अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले संस्थाका अध्यक्ष कुल प्रसाद ओलीलाई हस्तानतरण गरेका हुन् । सहकारीले आफ्ना शेयर सदस्यलाई ती सामाग्री उपलब्ध गराउने बताइएको छ ।

ज्ञानकेन्द्रले ५ लाख ८२ हजार ८ सय ५० र सहकारी सस्ंथाले ५ लाख ८२ हजार ८ सय ५० गरि ११ लाख ६५ हजार सात सय मूल्य बराबरका खरिद गरिएका मिनी ट्रेलर २ थान,प्राल्ष्टीक टनेल ४ थान, टेङकी १५ थान, मोटर ४ थान लगायत का सामाग्री हस्तानतरण गरिएको हो ।

अर्जुनधारा नगरपालिकाको समन्वयमा सहकारीलाई कृषि सामाग्री उपलब्ध गराइएको हो । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख हरिकुमार रानाले सहकारी संस्थाले उत्पादनशिल क्षेत्रमा लगानि बढाउनु पर्ने धारणा राखे । उनले सहकारी संस्थाले कृषिमा लगानि बढाई शेयरसदस्यलाई आत्मनिर्भर बनाउन आग्रह गरे । पुष्पकुमार गुरागाइँ बिशिष्ट अतिथि रहेको कार्यक्रम संस्थाका अध्यक्ष कुलप्रसाद ओलीको अध्यक्षतामा समपन्न भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर