Aamsanchar

संगठनको स्थापना दिवसमा विविध कार्यक्रम

Author Image
मङ्गलवार, असार ९, २०७७


काँकरभिट्टा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनकोे ४१ औँ स्थापना दिवसका अवसरमा झापाकोे मेचीनगरमा विविध कार्यक्रम सम्पन्न भएको छ । संगठनको मेचीनगर कमिटीकोे आयेजनामा भएको कार्यक्रममा भेला भएका विभिन्नक्षेत्रमा कार्यरत संगठनमा आवद्घ मजदुरहरुले काँकरभिट्टास्थित बसपार्कमा दीप प्रज्वलन गरेका थिए ।

निरंकुश पञ्चायती व्यवस्थामा तात्कालिक शासको बुट र बन्दुकको छाँया मुनी २०३६ साल असार ९ गते सुनसरी जिल्लाको पानीपिया जङ्गलमा यो सँगठन स्थापना भएको थियो । कार्यक्रममा सहभागीहरुले संगठन स्थापना गर्नुहुने संस्थापक अध्यक्षः कमल बुढाथोकी, उपाध्यक्षः गेल्बु लामा, सचिवः लेखनाथ पराजुली, सह सचिवः ओमप्रकाश शर्मा, कोषाध्यक्षः चन्द्रवहादुर श्रेष्ठ, सदस्यहरुः छविलाल लम्साल, रमेश बिष्ट, युगेश्वर साह, दुर्गा मानन्धर, गंगाराम शर्मा ढकाल, मदनकिशोर शर्मा, दिनेश खड्का, सिंहवहादुर भुजेल, दुर्गा आचार्य, विरेन्द्र प्रधानांङ्ग, नत्थुनी चौधरी लगायतका अग्रजहरुप्रति सम्मान व्यक्त गरेका थिए ।

यातायातलगायत विभिन्न क्षेत्रमा कार्यरत श्रमिकहरु यतिवेला गम्भिर संकटको सामना गरिरहेको चर्चा गदैं मजुर संगठनका नेताहरुले दैनिक चुल्हो बाल्न कठिन भएको र जिवन चलाउन समेत गाह्रो भएको बताएका थिए । वर्तमान परिस्थितीमा हरेक नेपाली अप्ठ्यारोमा परेको भन्दैं उनीहरुले दैनिक ज्यालाले परिवार चलाउने यातायातसहित अन्य श्रमिकहरुको पीडा अरुको भन्दा फरक बताए ।
नोवल कोेरोना भाइरस कोभिड १९ को संक्रमणको जोखिम न्युनिकरण गर्नका लागि नेपाल सरकारले २०७६ साल चैत्र ११ गते देखि आवागमनमा पूर्ण प्रतिबन्ध अर्थात लकडाउन घोषणा गरेको छ । महिनौदेखि सार्वजनिक सबारी साधनहरु चलेका छैनन् । अनिश्चित लकडाउनका कारण करिव ११ लाख यातायात मजदुर तथा आश्रीत परिवार भोकको चपेटामा परेको उनीहरले स्मरण गराएका थिए ।

बिक्रम सम्बत १९७३ सालदेखि नेपालमा सवारी साधन भित्रिएको ईतिहाससंगै १९९८ सालमा काठमाण्डौंमा नेपाली यातायात मजदुरहरुको ईतिहासमा पहिलो पटक ‘चालक संघ ’नामको संगठन र उपत्यका बाहिर २००८ सालमा बिराटनगरमा ‘मोरङ यातायात मजदुर युनियन’ गठन गरि मजदुरहरुलाई संगठित हुन सिकाउने अगुवाहरुलाई स्मरण गदैं सहभागी मजदुरहरुले राजनीतिक आरोह अवरोहका बीच २०३६ सालमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्थापना गर्नुहुने सम्पूर्ण अग्रजहरुप्रति श्रद्धा व्यक्त गदैं दिवंगतहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए ।
संगठनका १ नमबर प्रदेश कमिटी सदस्य एव्म प्रदेश कमिटी इञ्चार्ज किरण तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर कमिटीका अध्यक्ष खडानन्द भण्डारी, उपाध्यक्ष मोेहन रिजाल सचिव दुर्गा खडकालगायतले विविध विषयमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर