Aamsanchar

धान दिवस मनाउन कृषि विभागले जारी गरेको नियम पालना गर्नुपर्ने

Author Image
शुक्रवार, असार १२, २०७७

कृषकको मनोवल उच्च बनाउन हरेक बर्ष मनाउदै आइएको राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव यस बर्ष पनि मनाईने भएको छ । विगत बर्षमा देशको विभिन्न स्थानमा सरकारी, सहकारी र कृषक समूह र व्यक्तिगतरुपमा भव्यताका साथ रोपाईं महोत्सव मनाईदै आएता पनि यस बर्ष भने १७ औ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउन सरकारले केही नियम पालना गरेर मात्र मनाउन पाउने व्यवस्था गरेको ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईर कोभिड १९ को प्रकोप नेपालले पनि सामना गरिरहेको छ । यस अवस्थामा सरकारले कृषि क्षेत्रलाई प्रार्थमितामा राखेको छ ।
सानो समूह, परिवारका बीच संचालन हुने कृषिकार्य गरिदा कोरोना फैलिने सम्भावना न्युन रहने भएता पनि रोपाईं महोत्सव आयोजना गर्दा धेरै कृषक तथा सरोकारवालाहरु एकैठाउँ जम्मा हुँदा संक्रमण फैलिन सक्ने जोमितालाई मध्ये नजर गरेर यस बर्ष सिमित सहभागितामा मात्र रोपाईं दिवस गर्न पाईने भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभावले तयार पारेको कार्यविधी अनुसार बढीमा २५ जनासम्म मात्र भेला भएर १७ औ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने । यदि २५ जना भन्दा बढी भएमा न्यूनतम सामाजिक दुरी (६ फिट) कायम हुने गरी स–साना उपसमूहमा रहेर रोपाई महोत्सव मनाउने ।

कार्यक्रम स्थलमा उपयोग हुने फर्निचर तथा अन्य सामग्री निसंक्रमण गर्ने तथा सो को व्यवस्थापन गर्दा कम्तिमा ६ फिटको दूरी कायम राख्ने ।

प्रदेश तथा स्थानीय स्तरमा १७ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउदा यथासक्य संयुक्त आयोजनामा सरकारी फार्म केन्द्रमा मनाउने ।

रोपाई महोत्सव प्रवेश स्थलमा संभव भएसम्म एचभकअचभभल त्भकत तापक्रम तथा लक्षण पहिचानको व्यवस्था गर्ने। परीक्षण गर्दा शंका लागेमा (१००.४ भन्दा बढी ज्वरो) प्रवेशमा रोक लगाउने ।

रोपाईं महोत्सव प्रवेश स्थलमा सावुन पानीले हात धुने व्यवस्था, गुणस्तरीय स्यानिटाइजर र मास्क अनिवार्य प्रयोग गर्ने व्यवस्था मिलाउने।

रोपाईं गर्दा खेतमा व्यक्तिहरुबीच पर्याप्त सामाजिक दुरी (कम्तिमा ६ फिट) कायम गर्न स(साना क्षेत्र निर्धारण गरी रोपाईं गर्ने ।
रोपाईं महोत्सव गर्दा अन्य सांस्कृतिक, परम्परागत तथा मनोरन्जनात्मक (हिलो छ्याप्ने आदि) गतिविधि नगर्ने ।

रोपाईं गर्दा, खाजा वा चिया खाने बेला, आवत जावत गर्दा कम्तिमा ६ फिटको दूरी कायम राख्ने, व्यक्तिगत सुरक्षार्थ मास्क लगाउने ।

रोपाईं महोत्सवमा खाजा व्यवस्थापनमा सुरक्षात्मक उपायहरुको अवलम्बन गर्ने । संभव भएसम्म सामूहिक खाजालाई निरुत्साहित गर्ने ।
रोपाईं महोत्सवमा संभव भएसम्म कम श्रम लाग्ने प्रविधि तथा मेशिनहरूको प्रयोग गर्ने, सकेसम्म थोरै मानिसहरू संलग्न हुने। कृषि मेसिनरीहरुको प्रयोग अगाडि र पछि साबुन पानीले हात धुने तथा निसंक्रमणमा पर्याप्त ध्यान दिने ।

रोपाईं हुने क्षेत्रमा रोपाई पश्चात सावुन पानीले हात धुने व्यवस्था एवं गुणस्तरीय स्यानिटाइजरको व्यवस्था मिलाउने जस्ता नियम बनाएको छ । तर यि सबै नियम खेतमा पालना हुन भने गरों छ । नियमको पालना कसरी भए नभएको निगरानी कस्ले गर्ने भन्ने उल्लेख गरिएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर