Aamsanchar

अब नेपालको जनसङ्ख्या तीन करोड माथी

Author Image
शनिवार, असार १३, २०७७

काठमाडौँ। नेपालको जनसङ्ख्या शुक्रबार तीन करोड नाघेको छ ।

दैनिक अद्यावधिक हुने केन्द्रीय तथ्याङ्क विभागको जनसङ्ख्या घडीको गणनामा शुक्रबार नेपालको जनसङ्ख्या तीन करोड ६३४ पुगेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुुभयो । यो सङ्ख्या गत ११औँ राष्ट्रिय जनगणना, २०६८ को तथ्याङ्कका आधारमा गरिएको प्रक्षेपण अनुसारको तथ्याङ्क रहेको उहाँले बताउनुभयो ।

गत जनगणनाको तथ्याङ्क विश्लेषण अनुसार २० वर्ष अर्थात् वि.सं. २०८८ सम्मको जनसङ्ख्याको अनुमान गरिएको निर्देशक लामिछानेले बताउनुभयो ।
निर्देशक लामिछानेले ११औँ राष्ट्रिय जनगणना, २०६८ को वृद्धिदरमा आधारित पूर्वानुमान अनुसार नेपालको जनसङ्ख्या तीन करोड नाघेको हो भन्नुभयो । राष्ट्रिय जनगणना २०६८ को जन्मदर, मृत्युदर र बसाइँ सराइ दरको आधारमा जनसङ्ख्या पूर्वानुमान गरिएको हो ।

११औँ जनगणना अनुसार नेपालको जनसङ्ख्या वृद्धिदर १.३५ प्रतिशत रहेको छ । निर्देशक लामिछानेका अनुसार जन्मदर र मृत्युदरको मध्यम वृद्धिदरका कारण आगामी १२औँ राष्ट्रिय जनगणना, २०७८ मा नेपालको जनसङ्ख्या वृद्धिदर अझै घट्नेछ र जनसङ्ख्या भने बढ्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर