शिवसताक्षी । कुलोको पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । झापा शिवसताक्षी नगरपालिका–८ काभ्रेचोक बस्ने मिलनकुमार बिष्टको ३ वर्षीय छोरा संयमकुमार बिष्टको कुलोको पानीमा डुबेर मृत्यु भएको हो ।
शुक्रबार अपरान्ह ४ बजे घर नजिकै खेल्ने क्रममा अचानक उनी कुलोको पानीमाडुबेका थिए । डुबेर वेहोस भएका संयमको उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 211