Aamsanchar

ओमचोकमा स्थानिय र ट्रिपर ट्रयाक्टर चालक बीच असमजदारी

Author Image
मङ्गलवार, असार १६, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा ५ स्थित चारपाने–अर्जुनधारा सडक खण्ड ओमचोकका स्थानियले निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन रोकेका छन ।

नयाँ सडक निर्माण भए सगैं सवारी साधनको गति तीब्र बढेको कारण दुर्घटना निम्तिन थालेको, कृषि सडक भनी निर्माण गरिएको सडकमा निर्माण सामाग्री ढुवानी गर्ने मुख्य सडक बनाईएकोले कालोपत्रे एक बर्ष पनि नटिन्ने देखिएको भन्दै स्थानियले टिप्पर ट्रायाक्टर रोकेका हुन ।

स्थानियले ट्रिपर ट्रयाक्टर चल्न अवरोध गरेपछि आज स्थानीय सरकार अर्जुनधारा नगरपालिकाको संयोजनमा शनिश्चरे प्रहरी चौकी र ट्राफिक प्रहरी पोस्टबाट खटिएका प्रहरीहरुले सवारी चालक अनुमती पत्र सवारीका कागजात चेकलाई कडाई गर्दै चालकहरुलाई दुर्घटना न्युनिकरण गर्नको लागि चालकले अपनाउनु पर्ने नियम बारे जानकारी गराएका छन ।  चालकहरुले अबदेखि सावधानी पूर्वक सवारी चलाउने प्रतिवद्धता जनाएका थिए ।

कतीपय सवारी चालक अनुमती पत्र समेत नभएका चालकले द्रुतगती र हेल्च्याक्राई संग सवारी चलाउने गरेकाले दुर्घटनको जोखिम उच्च रहेकको र कृषि सडकको मापदंण्डमा निर्माण भएको सडक भत्किन थालेको स्थानियले बताएका छन ।

चालकहरु र स्थानिय बीच उत्पन्न समस्यालाई समाधान गर्न वडा अध्यक्ष ध्यान बाहादुर भारती, स्थानीय धुर्व प्रधान, ट्राफिक प्रहरी पोस्ट शनिश्चरेका हवल्दार दिपेश पौडेलले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर