Aamsanchar

मृत अवस्थामा सशस्त्र प्रहरी जवान नहरमा फेला

Author Image
मङ्गलवार, असार १६, २०७७

सिरहा । सिरहा नगरपालिका–१४ खिरौनास्थित रहेको नहरमा सशस्त्र प्रहरी बल, नेपालका एक जवान मृत अवस्थामा फेला परेका छन् ।

सशस्त्र पोष्ट माडर सिरहामा कार्यरत २३ वर्षीय सशस्त्र प्रहरी जवान मनोहर कुमार यादव नहरमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी विनोद घिमिरेका अनुसार घटना शंकास्पद देखिएको छ । ‘थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

यादवको शव लहानस्थित सरकारी अस्पतालमा पोष्टमार्टमको लागि पठाइएको र रिपोर्ट आएपछि मात्रै घटनाबारे भन्न सकिने डीएसपी घिमिरेको भनाइ छ । महोत्तरी सोनबा गाउँपालिका–३ का यादवले सशस्त्र प्रहरीमा जागिर आएको २ वर्ष पूरा भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर