Aamsanchar

भैसी चराउन गएकी बालिका मृत अवस्थामा फेला, बलत्कार भएको आशंखामा अघोरी बाबा पक्राउ

Author Image
शुक्रवार, असार १९, २०७७

धनुषा । धनुषामा एक बालिका शुक्रबार बिहान मृत फेला परेकी छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थामा १० वर्षीया कञ्चनकुमारी पञ्जियारको शव अर्धनग्न अवस्थामा भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

बुधबार दिउँसो भैंसी चराउन गएकी कञ्चन अबेर रातिसम्म पनि घर नआउँदा रातभर खोजी गर्दा नभेटिएपछि उनको परिवारले बिहीबार बिहानै अस्थायी प्रहरी चौकी कुर्थामा उ’जुरी दिएका थिए ।

आज बिहान एक जना स्थानीयले खेतमा धान रोपिरहेका बेला दूधमती नदीको किनारमा गन्ध आएपछि हेर्न जाँदा बालिकाको शव देखेका थिए। पछि उनैले प्रहरी र स्थानीवासीलाई समेत जानकारी गराएका थिए।

बालिकाको शव देख्दा बलात्कारपछि उनको हत्या भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्। बालिकाको शव भेटिएपछि प्रहरीले उक्त स्थानलाई तारबार गरी सिल गरेको छ। यता घटनाबारे अनुसन्धान गर्ने क्रममा स्थानीयको आशंकापछि प्रहरीले एक जना अघोरी बाबालाई नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर