Aamsanchar

बझाङमा भिषण पहिरो, पहिराले १७ घर पुरिए, ७ जना बेपत्ता !

Author Image
शनिवार, असार २०, २०७७

बझाङ । निरन्तर झरीका कारण  बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयवासीले बताएका छन् । स्थानीय प्रशासनले भने क्षतिको यकिन विवरण आउन नसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने, “पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ तर क्षतिको विवरण आइसकेको छैन ।” उनले बागथला भन्ने स्थानमा रहेका नेपाली सेनालाई र प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको जानकारी दिए ।

स्थानीय लोकेन्द्र विकले भने अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर बगाएको र सात जना बेपत्ता भएको जानकारी दिए । केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीले सिङ्गो बस्ती नै पहिरोको चपेटामा परेको बताए । उनका अनुसार त्यहाँको एउटा पावरहाउस पनि पहिरोले पुरिएको छ ।

घटनास्थल पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने स्थानबाट करिब चार–पाँच घण्टा माथि उक्लिनुपर्छ । त्यहाँसम्म पुग्न हालै शाखा सडक बनाइएको थियो । सो सडक पनि पहिरोले बगाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर