Aamsanchar

कतारबाट फर्किएको ३ दिनमै कोरोना सङ्क्रमणबाट मृत्यु

Author Image
शनिवार, असार २०, २०७७

साङ्केतिक तस्वीर

काठमाण्डौ – नेपालमा कोरोनाको कारण थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको हो ।

गएको असार १७ गते कतारबाट फर्किनुभएका उहाँलाई निमोनिया भएपछि १८ गते गोरखा जिल्ला अस्पताल भर्ना हुनुभएको थियो । १९ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र शनिबार बिहान मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको असार १७ गते मृत्यु भएका रुपन्देहीको देवदहका एक ७५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । असार १४ गते क्षयरोगको उपचारको लागि अस्पताल भर्ना हुनुभएका उहाँको १७ गते मृत्यु भएको र १८ गते कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर