Aamsanchar

लकडाउनको १ सय ८ दिनमा सरकारबाट सार्वजनिक यातायात खुल्ला

Author Image
बिहिवार, असार २५, २०७७

फायल फोटो

काठमाडौं । लकडाउन भएको १ सय ८ दिनमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका डा. युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ का सन्दर्भमा थप निर्णय गरेको भन्दै यसबारे जानकारी गराएका हुन् ।

त्यसक्रममा उनले काठमाडौ उपत्यकामा सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक सवारी साधन संचालन गर्ने निर्णय गरेको जनाकारी गराएका हुन् । उपत्यकाबाहिर पनि एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने गरी सवारीसाधन सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ ।

कूल क्षमताको ५० प्रतिशत यात्रु राखेर छोटो दुरीका सवारी सञ्चालन हुने सरकारका प्रवक्ता डा। खतिवडाले बताए । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर तथा अन्य जिल्लाको हकमा जिल्ला भित्र मात्रै सञ्चालन हुने गरी सार्वजनिक सवारी सञ्चालन हुने भएका हुन् ।

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका प्रवक्ता खतिवडाकाअनुसार एक पंक्तिको एक सिटमा एकजना हुनेगरी कूल क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ । सवारी, चालक र सहचालकले मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्नेछ । गाडीमै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने चालक र सहचालकले मास्कसँगै भाइजर र पञ्जा लगाउनुपर्ने र दैनिक निसंक्रमित गरेर मात्रै सवारी गुडाउनुपर्ने उनले बताए । सार्वजनिक यातायातले यो मापदण्ड लागू हुँदासम्म प्रचलित भाडादरमा ५० प्रतिशत बढी भाडा लिन पाउनेछन् ।

सरकारले लामो मध्यम तथा लामो दूरीको यातायात बन्द गर्ने निर्णय भने कायमै रहेको छ । यो निर्णय पनि चुनौतीपूर्ण रहेको छ । उपत्यका बाहिर एक जिल्लाबाट अर्को जिल्ला सार्वजनिक सवारी जान रोक लगाई पनि यात्रुले सवारी परिवर्तन गर्दै देशको कुनैपनि जिल्ला सहजै पुग्न सक्ने छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर