Aamsanchar

पूर्णखोप सुनिश्चितता तथा दीगोपना कायम सम्बन्धि सञ्चालित कार्यक्रमको प्रतिवेदन सार्वजनिक

Author Image
शनिवार, असार २७, २०७७

नगरभित्र खोप लगाउन छुटेका बालबालिका खोज्दैं स्वास्थ्यकर्मी गाउँ छिछिर्ने

मेचीनगर ।  मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले चालु आर्थिक वर्ष २०७६÷०७७ को पूर्णखोप सुनिश्चितता तथा दीगोपना कायम सम्बन्धि सञ्चालित कार्यक्रमको प्रतिवेदन सार्वजनिक गरेको छ । मेचीनगर नगरपालिका २०७५ असार ७ गते विधिवतरुपमा पूर्णखोप नगरपालिका घोषणा भईसकेको छ ।

प्रजनन कार्य सम्पूर्ण जीवित प्राणीको नियमित प्रक्रिया भएको हुनाले बच्चा जन्मिने कार्य जारी रहने र एकपटकको घेषणाले भावी बालबालिका नसमेटिने हुदाँ यस्ता कार्यक्रमहरु नियमित नभए घोषणा औपचारिकतामा मात्र सिमित रही धेरै बालबालिकाहरु विभिन्न खोपबाट बञ्चित हुन सक्ने र अहिले विश्वमा महामारीकारुपमा रहेको नोवल कोरोना भाइरस कोभिड १९ जस्ता अनेक रोगको महामारीको प्रवल सम्भावना रहने हुँदा खोप कार्यक्रमलाई निरन्तरता दिनुपर्नै शाखा सहसंयोजक तथा स्वास्थ्य अधिकृत रामनारायण यादवले जानकारी दिए ।

स्वास्थ्य संस्थाबाट प्रदान हुने कार्यक्रमहरुमध्ये खोप एउटा प्राथमिकता प्राप्त कार्यक्रम रहेको प्रस्तुत प्रतिवेदनमा उल्ल्ेख छ । खोप कार्यक्रमको माध्यमबाट नेपालमा बाल र मातृ मृत्युदरमा कमि आउनुका साथै विफर रोग उन्मुलन समेत भइसकेको बताउदैं स्वास्थ्य अधिकृत यादवले खोप सेवा प्राप्त गर्नु हरेक बालबालिकाको नैसर्गिक अधिकार हो भने खोप सेवा प्रदान गर्नु स्वास्थ्यकर्मीको जिम्मेवारी पनि रहेको जानकारी दिए ।

वडादशै र तिहारको सार्वजनिक विदाको दिन बाहेक मेचीनगर नगरपालिकाको विभिन्न स्वास्थ्य केन्द्रबाट नियमितरुपमा तालिका अनुसार सञ्चालन हुने यो लगत प्रभावकारी कार्यक्रमको विभिन्न कठिनाईले गर्दा शाखामा प्राप्त तथ्याङ्कको आधारमा निक्कै बालबालिकाहरु पूर्णखोप लगाउन छुटेको देखिएको हुँदा नोवल कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी महामारीले स्वास्थ्य संकटको अवस्थामा पनि ‘खोज र खोप ’ भन्ने नीति अनुरुप नगरका १५ वटै वडामा स्वास्थ्यकर्मी तथा महिला स्वयम् सेविकाहरु परिचालन गरी कार्य सम्पन्न भएको प्रस्तुत प्रतिवेदनमा बताइएको छ ।

घरधुरी सर्वेक्षण गरी मेचीनगरभरि रहेका १६ देखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुको खोप सम्बन्धि विवरण लिएर छुट बालबालिकालाई पूर्ण खोप प्रदान गर्ने, वडा घोषणाको आधारमा पूर्ण खोप नगरपालिका सुनिश्चितता तथा दीगोपना कायम राख्नेलगायत कार्यक्रमका उद्घेश्य रहेका छन् । महिला स्वयम्सेविका, जनप्रतिनिधिहरु, नगरपालिकाका कर्मचारी तथा स्वास्थ्य कार्यालयका प्रतिनिधिहरुलाई जनशक्तिका रुपमा संलग्न गराईने छ ।

नगरपालिका स्तरीय सरोकारवाला एवम् स्वास्थ्यकर्मीहरुसँग अन्तरक्रिया, पूर्ण खोप लगाउन छुटेका बालबालिकाहरुको महिला स्वास्थ्य सेविकाहरुबाट तथ्याङ्क संकलन, खोप लिनबाट छुटेका बालबालिकाहरुलाई खोप प्रदान, सरोकार निकायबाट सहयोगात्मक अनुगमन, वडा खोप रजिष्टर अध्यावधिक, १५ वटै वडाका वडा खोप समन्वय समितिबाट पूर्ण खोप तथा सुनिश्चितताको अनुमोदन तथा प्रमाणिकरण, पूर्ण खोप सुनिश्चितता तथा दीगोपना कायम सम्बन्धि नगरकार्यपालिकाको घोषणा तथा अनुमोदनलगायतका क्रियाकलाप गरिने प्रतिवेदनमा उल्लेख छ ।

छ्टेका बालबालिकाहरुको खोजी कार्य गहनरुपले भएको, सवैलाई पूर्ण खोप प्रदान गरेको तथा अभिलेख अध्यवधिक भएको, वडाको वास्तविक तथ्याङ्क प्राप्त भएको, जनप्रतिनिधि तथा समुदाय एवम् अभिभावकहरुबाट पूर्णरुपमा सहयोग प्राप्त भएको १५ वटै वडाका वडाखोप समन्वय समितिबाट पूर्ण खोप दिगोपना कायम रहेको प्रस्ताव कार्य सर्वसममले पारित भएको १५ वटै वडा कार्यालयबाट प्रमाणिकरण भइ आएको र खोजी कार्यको अनुगमन वृहदरुपमा हुनुलाइ कार्यक्रमको सवल पक्षका रुपमा प्रतिवेदनमा हेरिएको छ ।

‘ड्रप आउट’ बालबालिको अभिलेख स्वास्थ्य संस्थाहरुले मासीकरुपमा राख्न्ुपर्नै, नियमित खोप कार्यक्रममा दुईजना स्वास्थ्यकर्मीअनिवार्य खटिनुपर्नै, नियमित खोप तथा खोपको महत्वका बारेमा आमसञ्चारका माध्यमबाट नियमित सन्देश प्रवाह गर्नुपर्ने, वडाभेला तथा बैठकहरुमा स्वास्थ्यका गतिविधिवारे छलफल हुनुपर्ने, स्वास्थ्यलाई पनि भौतिक विकासको दर्जा दिनुपर्नै, बजेट बिनियोजन हँदा खोपजस्ता महत्वपूर्ण सेवालाई प्राथमिकतामा राख्नुपर्नै विषयलाई प्रतिवेदनमा सुधार गर्नुपर्ने पक्षमा समावेश गरिएको छ ।

खोपको पहुँचदेखि बाहिर रहेकाले हरेक बालबालिकालाई खोपकेन्द्र सम्म पुर्याउनु प्रत्येक अभिभावको दायित्व रहेको नगरप्रमुख विमल आचार्यले बताए ।
खोप पाउनु हरेक वालवालिकाको नैसर्गिक अधिकार भएकाले हरेक अभिभावकले आफ्ना बालबालिकालाई खोपकेन्द्रसम्म पुर्याएर खोप लगाउनु अभिभावकहरुको मुख्य कर्तव्य भएको नगरप्रमुख आचार्यको भनाई छ ।

पूर्णखोप सुनिश्चीतता तथा दीगोपना कायम राख्न तथा भावी दिनमा आउने महामारी रोगबाट बच्न पनि खोेप आवश्यकता भएकाले प्रत्येक बच्चालाई खोप लगाउनबाट कसैले पनि बञ्चित गर्न नहुने प्रमुख आचार्यको भनाई थियो । सरकारले खोपलाई उच्च प्राथमिकतामा राखेका कारण सरकारी लक्ष्य पुरा गर्न हरेक समुदाय लाग्नुपर्ने उहाँको तर्क थियो । प्रमुख आचार्यले हरेक वर्ष सञ्चालन हुने राष्ट्रिय खोप कार्यक्रम दादुरा रुबेला, पोलियोलगायत सवै प्र्रकारका खोप अभियानमा सहभागी हुन आम नगरवासीमा आग्रह समेत गरे ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले खोप लगाउन छुटेका हरेक बच्चालाई खोपकेन्द्र सम्म लगेर खोप लगाउन आग्र्रह गदैं खोप लिनबाट कुनै पनि बालबालिका छुट्न नहुने धारणा व्यक्त गरिन् । उपप्रमुख उप्रेतीले अहिले बजारमा जसरी खोपका बारेमा नकरात्मक प्रचारहरु आइरहेका छन् त्यसको पछि नलागेर सवैले आफ्ना बालबालिकालाई समयमै खोपकेन्द्रमा लगेर खोप लगाउन समेत आग्रह गरीन् ।

चेतना र शिक्षा अभावका कारण अहिले पनि खोपलिनबाट धेरै बालबालिका बञ्चित भएकाले स्वास्थ्यकर्मी र महिला स्वयम््सेविकाहरु खोपलिनबाट छुटेका बालबालिका खोज्दैं हरेकका घर गाउँ टोल छिर्ने बताईन् । देशको यस्तो विषम परिस्थितीमा आफ्ना घर आगनमा आउने स्वास्थ्यकर्मी र महिला स्वयम््सेविकाहरुलाई सवैले आ आफ्नोक्षेत्रबाट सहयोग गर्नुपर्ने उनले धारणा राखीन् ।

हरेक बालबालिकालाई खोप लगाउनका लागि अभिभावकहरुले आफ्ना बच्चालाई खोपकेन्द्रसमम पुर्याउनु पर्ने स्वास्थ्य शाखा संयोवक शशीकला राईको भनाई छ । शाखा सहसंयोजक यादवले बालबालिकाहरुमा खोेपको कतिसम्म महत्व छ त्यस विषयमा प्रकाश पादैं अझै पनि मेचीनगरभित्रका १ हजार बढी बालबालिकाले पूर्ण खोप नलिएको जानकारी गराए ।
नगरको धुलावारी प्राथमिक स्वास्थ्य केन्द्र, दुहागढी, धाइजन, बाहुनडाँगी, ज्यमिरगढी र काँकरभिट्टा स्वास्थ्य चौकीले खोपसेवा प्रदान गदैं आएको छ । तर, धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रबाट शतप्रतिशत बालबालिकाले खोप लिएका छन् भने अन्य स्वास्थ्य संस्थाबाट ‘ड्रप आउट’को संख्या निक्कै छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर