Aamsanchar

मलामी गएका गणेशलाई बिरिङ खोलाले बगाउदा मृत्यु

Author Image
शनिवार, असार २७, २०७७

झापा ।  झापाको मध्ये दक्षिणी क्षेत्रमा एक व्यक्तीलाई बिरिङ खोलाले बगाउदा मृत्यु भएको छ ।

झापा गाउँपालिका वडा नम्बर ५ राजेश गणेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । गणेश शनिबार मलामी गएका थिए, मलामी शुद्धिन भन्दै नुहाउने क्रममा उनलाई खोलाले बगाएको थियो ।

३५ बर्षिय गणेशको शव ३ किलो मिटर दुरीमा बाह्रदशी गाउँपालिका वडा नम्बर–२ मा फेला परेको थियो ।
खोजीकार्यमा  ईलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी कमाण्डको टोली खटिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर