Aamsanchar

नगरप्रमुखका छोरा पाँचलाख घुस लिँदालिँदै पक्राउ

Author Image
बुधवार, असार ३१, २०७७

सिरहा– सिराहामा मेयरका छोरा पाँचलाख घुस रकमसहित समातिएका छन् । निर्माणाधीन पेट्रोल पम्पसँग घुस लिँदालिँदै सिरहाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलको छोरा सन्त मण्डल समातिएका हुन् ।

बुधबार दिउँसो पाँचलाख रुपैयाँ घुस रकमसहित मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो । मण्डलका साथी जितेन्द्र महतोलाई पनि पक्राउ गरेको अख्तियार बर्दिवास कार्यालयको सूचना अधिकारी मणिराज ज्ञवालीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर