Aamsanchar

पहिरो र चट्याङमा परी एक महिनामा ११४ को मृत्यु, ८३ घाइते, ४३ जना वेपत्ता

Author Image
बुधवार, असार ३१, २०७७

मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् ।

पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यसवर्ष पहिरोका अकल्पनीय घटना हुँदा धेरै सर्वसाधारणले ज्यान गुमाउनु परेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

पहिरो विज्ञका अनुसार एकै ठाउँमा धेरै पानी पर्ने, पानीको निकास व्यवस्थापन नहुने र ठाउँठाउँमा जथाभावी खनेर सडक बनाउने गर्दा पहिरो खसेको हो । प्राप्त विवरणअनुसार जेठ ३० देखि असार ३१ गतेसम्म पहिरोका कारण ८३ जना घाइते भएका छन् । एक महिनामा चट्याङका कारण १७ जनाले ज्यान गुमाएका छन् ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर