Aamsanchar

भोटेकोशीमा पहिरोपरी ५ जना वेपत्ता

Author Image
बिहिवार, साउन १, २०७७

सिन्धुपाल्चोक । साउन अझ पानीपर्ने महिना हो । असारमै निरन्तर बर्षका कारण देशका विभिन्न स्थानमा भएका प्राकृतिक प्रकोपले दिएको पींडा कम हुन नपाउदै फेरी सिन्धुपाल्चोकमा फुल्पिङकट्टिमा पहिरो जाँदा दुई घर बगेका छन् । बिहीबार बिहान करीव साढे एक बजे पहिरोले दुई घर बगाउँदा पाँच जना बेपत्ता भएका हुन् । भोटेकोसी गाउँपालिकाको वडा नम्बर ४ फुल्पिङकट्टिको माथिल्लो भेगमा दुई घर बगेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका ईन्स्पेक्टर रामचन्द्र घिमिरेका अनुसार २ घरका ५ बेपत्ता भएका हुन् । प्रहरी घटनास्थल पुग्न सकेको छैन । अबिरल बर्षाले भोटेकोशीमा १।५ मिलिमिटर नदीको सतह बढेको थियोे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर