Aamsanchar

भारतमा कोरोना प्रकोप उत्कर्स तर्फ, नेपालमा हेलच्याक्राई

Author Image
शुक्रवार, साउन २, २०७७

भारतमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २५ हजार नाघेको छ। हिजो १ साउनमा एकैदिन ६८० जनाको मृत्यु भएको छ। यो भारतमा कोरोनाबाट एकैदिन मृत्यु भएको अहिलेसम्मकै ठूलो संख्या हो।

कोरोनाभाइरस संक्रमितको संख्या पनि दिनदिनै बढिरहेको छ। कूल संक्रमितको संख्या १० लाख नाघिसकेको छ। त्यहाँ अहिलेसम्म १० लाख पाँच हजारभन्दा बढी संक्रमित फेला परेका छन्।

निको हुने संक्रमितको संख्या ६ लाख ३६ हजार ६०२ छ। अहिले तीन लाख ३१ हजार ५०५ जना उपचाररत छन्।

हिजो एकैदिन ३२ हजार ६८२ संक्रमित फेला परे। यो एकैदिन फेला परेको संक्रमितको अहिलेसम्मकै ठूलो संख्या हो। भारतमा बन्दबन्दी खुकुलो पारिएसँगै संक्रमितको संख्या निरन्तर उकालो लागेको छ।

विश्वमै भारत तेस्रो धेरै संक्रमित भएको देश हो। १० लाखभन्दा माथि संक्रमित संख्या पुगेका देश तीन वटा मात्र छन्। अमेरिकामा करीब ३७ लाख र ब्राजिलमा २० लाख संक्रमित छन्। भारतपछि रुसमा साढे सात लाख संक्रमित छन्।

नेपालमा सरकार र नागरिकमा पनि कोरोना केही होईनको कुनै असर र समस्या नहुने जस्तो गरी सावधानीका विधिहरु अवलम्बन गर्नेकाम क्रमस् छोड्दै जान थालिएको छ । नेपालकै एक जिल्ला देखि अर्को जिल्लामा को कतिजना गए आए भन्ने लेखाजोखा  सरकारी निकाय संग छैन। । त्यसमा पनि भारतबाट आउने मालबहक गाडीका चालक कर्मचारीको समेत कुनै स्वास्थ्य चेकजान गर्न छोडिएको छ । सरसरी हेर्दा लाग्छ अब नेपाल भातमा कोरोनाको अन्त्य भईसकेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर