Aamsanchar

स्वघोषित ब्रिटिस आर्मी पक्राउ

Author Image
शुक्रवार, साउन २, २०७७

ब्रिटिस आर्मी हुँ भन्दै धनमाल ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ८ घर भएका दिपक मोक्तान भन्ने ३३ वर्षीय दिपक लामालाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल फेसबुकमा दिपक मोक्तान नामको फेसबुक आईडीबाट आफू ब्रिटिस लाहुरे हुँ भनी विभिन्न आश्वासन दिँदै महिला साथी बनाएर रकम तथा सुनका गरगहना लिई सम्पर्क बिहीन भएको उजुरी पछि उनलाई प्रहरीले पक्राउ गरेको जनायो।

धरान निवासी एक महिलाको सुनको सिक्री, सुनको औंठी तथा नगद ५ लाख रुपैयाँ लिई २ महिना अगाडि फरार भएका उनको साथबाट सुनको सिक्री, औंठी बरामद भएको उक्त प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर