Aamsanchar

किर्ते नागरिकता मुद्धालागे पछी फरार बनेका खड्का झापाको बुद्धशान्तिबाट पक्राउ

Author Image
शुक्रवार, साउन २, २०७७

बिर्तामोड । किर्ते नागरिकता मुद्धा परेर अदालतबाट कैद सजाय फैसला भएपछी फरार बनेका झापाका एक व्यक्ती पक्राउ परेका छन ।

पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाँउपालिका वडा नं ४ का ४२ बर्षिय भीमबहादुर खड्का रहेका छन् । उनलाई आफ्नै घरगाउँबाट शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।

२०७३ सालमा नागरिकता किर्ते काण्डमा सरकारी मुद्धा परेका खड्कालाई अदालतले १८ महिना कैद र ५ हजार ५ सय ५० रुपैया जरिवाना तोकेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 298

प्रतिक्रिया (०)

सम्बन्धित खबर