Aamsanchar

‘बिर्तामोड कोरा २०२०’ सम्पन्न, झापा र इलामका उत्तम गन्तव्यहरु

Author Image
आइतवार, साउन ४, २०७७

बिर्तामोड : बिगत तीन महीना भन्दा बढीको लकडाउनले धेरै समस्या र चुनैती ल्याएको छ भने सोही चुनैती सँगै नयाँ र रोचक अवसर हरुको बाटो पनि खुलेको छ । त्यस्तै एक अवसर हो साइकिलिंग ट्रेंड। हुन त साइक्लिंग हाम्रो समाज र देशको लगी नौलो कुरा होइन खास गरी भन्ने हो भने ट्रेल राइड र माउंटेन साइकिलिंगको लगि बिदेशी हरुले नेपाललाई उचित गंतब्यको रूपमा रुचाउने गरेको छन।
खासगरी युवा हरु माझ चर्चित बन्दैगएको साइकिलिंग खेलले पूर्वी नेपालमा साइक्लिंग पर्यटनको सम्भावनाको ढोका खोलेको छ। पूर्वी नेपालका इलाम लगायतका पहाडी क्षेत्र हरुमा एडवेन्चर साइक्लिंगका लगी भरपूर ट्रैक हरु उपलब्ध छन।
आज भोली बिर्तामोड वरिपरिका क्षेत्रमा साइक्लिंग ट्रेन्ड ट्रेंडिंगमा रहेको छ। नवाँ साइकिलिस्टको रूचिमा पर्ने पहिलो गंतब्य बनेकोछ अर्जुनधरा नगरपालिकाको सालबरी सिमसार।

मनमोहक दृश्य र खाली बाटोका कारणले पनि यो क्षेत्र रुचाईमा पर्ने गरेको छ। हुनेले आफ्नै साईकल र नहुनेले दैनिक ५ सय रुपैया सम्म तिरेर भाडामा लीने गरेको पाईएको । युवा साइकिलिस्ट एवम पैक एंड पडेल साइकिलिंग कंपनीका संचालक आकाश श्रेष्ठाका अनुसार बिर्तामोड वरिपरि दुई दर्जन भन्दा बढी साइकिलिंग ट्रेल राहेको र महाभारत ट्रेल जस्ता नयाँ ट्रेलको अध्यन भई राहेको छ भने इलामको कन्याम, श्रीअन्तु ,झापाको बर्ने, बर्रफलाङ जस्ता साहसी ट्रेल पनी उपलब्ध छन।

यसै बीच बिगत ९ वर्ष देखी हुँदै आएको काठमांडू कोरा को तर्जमा आज बिर्तामोडमा बिर्तामोड कोरा २०२० सम्पन्न भएको छ।

के हो त कोरा ?

बुद्धिष्ट धर्ममा कुनै गुम्बाको एक फनको पूरा गर्नु लाई कोरा भनिन्छ। काठमांडू मा १० वर्ष अगाडि सुरु भएको यस खेलमा हरेक वर्ष हजारौ जानाले सहभागिता जनाउने गरेका छन। राजधानिको पाटन दरबार स्क्वायर वा सो सरहका ठुलो ठाऊँ मा भेला भएर साईकल प्रेमी हरुले निश्चित दूरीको परिक्रमा गर्ने गर्ने गर्छन। राजधानीमा निकै चर्चामा रहेको यो कोरा मा हरेक वर्ष दुई हजार सम्मको सहभागिता हुने गरेको छ। यास वर्ष कोरोना माहामारी का कारणले पहिलो पटक राजधानी र राजधानी बाहिर सानो समूह बनाई देश तथा बिदेशका भिभिन्न स्थानमा शनिबार आयोजन भएको छ।

झापाको बिर्तामोड मा पनि कोरोना बिशेष नियमको पालना गर्दै ‘बिर्तामोड कोरा २०२०’ को आयोजन भएको छ। बिर्तामोड, देवनया खोल, हल्दीबारी ,गोलधप, बरहदर्शी, चारपाने, अर्जुनधारा नगरपालिका लगायतको बिर्तामोड नगरपालिका सिमाना हरुको एकफन्को लगाएर ४७.३ की मी को दूरी पूरा गरेर सम्पन्न भएको यस खेलमा १५ जनाको सहभागिता रहेको थियो।

स्वस्थ र प्रदूषण नियंत्रणको लागि उचित मानिएको साइक्लिंगलाई विकशित देशहरुमा बिशेष सेवा प्रदान गराइएको छ। चीनको बिशेष रूपमा निर्मित साईकल मत्र चलाउन मिन्ने ट्रैक होस् या नेदरलैंड जस्तो देश जहाँ प्रति एक जनाको तुलना मा १.३ साईकल छन। बिदेशमा यस लाई बाइसिकल पर कैपिटा पनि भन्ने गरिन्छ। चीन, जापान, डेनमार्क, जर्मनी,नॉर्वे, फ़िनलैंड, बेल्जियम संसारका उच्च बाइसिकल पर कैपिटाको शिर्ष स्थान मा पर्ने गर्छन।
सरोकारवालाको ध्यान जाने हो भने पूर्वी नेपालमा साईकल पर्यटनले ठुलो मत्रामा पर्यटक भित्राउन सकिन्छ । हुन त केहि दिन अगाडि झापा कनकई पालिकाका नगरप्रमुखले आफ्नो लागि सवारीसाधन खरीद गर्ने रकमले साईकल लेनेको निर्माण गर्ने र आफू पनि सके सम्म साईकलको प्रयोग गर्ने भनाइले चर्चामा आएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर