Aamsanchar

दुर्घटनामा परी एनएमसीका शाखा प्रमुख लम्सालको निधन

Author Image
आइतवार, साउन ४, २०७७

बिर्तामोड ।  मोटरसाइकल दुुर्घटनामा परि झापा गाउँपालिका वडा नं. ६ का २७ वर्षीय प्रदिप लम्सालको निधन भएको छ ।

शनिबार राती झापाको कमल गाउँपालिकामा स्थित केर्खामा राँगासँग मोटरसाइकल ठोक्किँदा लम्सालको निधन भएको हो । लम्साल नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को गौरीगञ्ज शाखाका प्रमुख थिए ।

लम्सालसँगै मोटरसाइकलको पछाडी सवार एनएमसी शिवगञ्ज शाखाका प्रमुख धर्मेन्द्र सुबेदी गम्भीर घाइते भएका छन् । घाइते सुबेदीलाई उपचारका लागि विराटनगरको नोवेल हस्पिटलमा भर्ना गरिएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा उनीहरु चढेको मे१०प ९८२६ नम्बरको मोटरसाइकल केर्खास्थित राजमार्गमा उभिएको राँगासँग ठोक्किदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका लम्साललाई स्थानीय प्रहरीले तत्कालै उपचारका लागि दमकको लाइफलाइन हस्पिटल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनिहरू सुरुङ्गास्थित आफन्तको घरमा पारिवारिक जमघटमा सहभागी भएर घर फर्किदै थिए । मृतक लम्सालकी पत्नी समेत एनएमसीको कर्मचारी रहेकी छन् । एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले अत्यन्त मिहेनती, कत्र्तव्यनिष्ठ र प्रतिभाशाली सहकर्मी प्रदीप लम्सालको निधनले एनएमसी परिवार स्तब्ध भएको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर