Aamsanchar

झापाको गौरीगंजमा अज्ञात समुहद्वारा प्रहरीमाथि आक्रमण

Author Image
आइतवार, साउन ४, २०७७

गौरीगंज । गौरीगंज गाउँपालिका वार्ड नं. ५ स्थित डाँगीटोला सीमाक्षेत्रमा अज्ञात भारतीय समुह द्वारा शस्त्रप्रहरीमाथि आक्रमण भएको छ ।

नेपाल भारत सीमा क्षेत्रमा करिव जना संख्यामा भारत तर्फबाट आएको समुहले घरेलु हातहतियारसहित बेलुका ९ बजे शसस्त्र प्रहरीमाथी आक्रमण गरेको हो ।
गौरीगंज गाउँपालिका वार्ड नम्बर ५ डाँगीटोला स्थित पिलर नं. १५२ को करिब ३ सय मिटर पुर्वमा रहेको अस्थायी प्रहरी पोष्टमाथि आक्रमण गरेको थियो ।

भाला, खुकुरी, रड, दाउलगायतको घरेलु हातहतियारसहित आएका भारतीयहरूले त्यहाँ स्थापना गरिएको सशस्त्रको अस्थायी पोस्टमाथि आक्रमण गरेपछि स्थितिलाई नियन्त्रण गर्न प्रहरीले ४ राउण्ड हवाई फायर गरेको सीमा सशस्त्र प्रहरी बल गौरीगंजका प्रहरी निरीक्षक साईमन श्रेष्ठले बताए ।

झडपका क्रममा दुइ जना शस्त्र प्रहरी जवान सामान्य घाइते भएको छ । शरीरमा चोटपटक लागेको र शरिरमा नीलडाम समेत रहेको बताईएको छ ।
हवाइ फायर पछी तितरबितर भएका भारतीयहरु भारततर्फ नै भागेको प्रहरीले जनाएको छ । भारतीय तस्करहरूले नेपालतर्फ मालसमान लान नपाएको झोकमा प्रहरीमाथि आक्रमण गरेको बताईएको छ । लामोसमयसम्म लडडाउनका कारण सिमाक्षेत्रमा शस्त्र प्रहरीले कडारूपमा गस्ती गरेपछि उनीहरूले मालसमान नेपालतर्फ ल्याउन पाएका छैनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर