Aamsanchar

झापामा घरायसी कारणले आत्महत्या गरिसक्नेको संख्या धेरै

Author Image
बुधवार, साउन ७, २०७७

चारपाने । जिल्ला प्रहरी कार्यालय झापाले विगत तिन बर्ष भित्र भएका आत्महत्याका घटना माथीसमिक्षा तथा विश्लेषण गरेको छ ।
झापाका विभिन्न पालिका भित्र भएका आत्महत्याको घटनालाई तथ्याङका साथ विश्लेषण गरि सार्वजनिक गरेको छ ।

बिगत तीन आर्थिक बर्षमा घटेका आत्महत्या घटनाहरुको तुलनात्मक विवरण

आर्थिक बर्ष २०७४/२०७५ मा २४७, आर्थिक बर्ष २०७५/२०७६ मा २८८ र आर्थिक बर्ष २०७६/२०७७ मा २२३ जनाले आत्महत्या गरेका छन ।
तथ्याङकलाई हेर्दा आत्महत्याको घटनामा आर्थिक बर्ष २०७४/२०७५ भन्दा आर्थिक बर्ष २०७५/२०७६ मा आत्महत्याको घटनामा १७ प्रतिशतले बृद्धि भएको र आर्थिक बर्ष २०७६/२०७७ मा अघिल्लो बर्षको तुलनामा २३ प्रतिशतले घटेको देखाएको छ ।

झापाकामा कुल घटेका आत्महत्याका ६५ प्रतिशत घटना नगरपालिका क्षेत्रमा घटेका छन् । त्यसैगरी गाउँपालिकाहरुमा ३५ प्रतिशत घटना भएको छ ।
आत्महत्या गर्नेहरुमा ३ प्रतिशत घाटी रेटेर, २० प्रतिशत बिष सेवन गरेर र २०० प्रतिशत आत्महत्या पासो लगाएर भएको जिल्ला प्रहरी प्रमुख कृष्णप्रसाद कोईरालाले जानकारी दिएका छन ।

यस बर्ष कुन महिनामा कतीले आत्महत्या गरे
साउन १५, भदौं ११ जना, असोज ६, कार्तिक १३, मंसिरमा २०, पुषमा ११, माघमा १५, फागुनमा १७, चैत्रमा ३४, बैशाखमा २७, जेठमा १९ र २०७६ असारमा ३५ जनाले आत्महत्या गरेका थिए ।

लकडाउनको अवधिमा आर्थिक बर्ष २०७६/२०७७ को असार मसान्त सम्म घटेका आत्महत्या घटनाका संख्या ७० रहेको छ भने आर्थिक बर्ष २०७६/२०७७ मा भएका आत्महत्या घटनाको  कुल संख्याको ३१ प्रतिशत हो ।

मृत्युवरण गर्ने हरुमा १८ बर्ष मुनीका २० प्रतिशत, १८ देखि २५ बर्ष सम्मका ५७ प्रतिशत, २५ देखि ३५ का ४३ प्रतिशत, ३५ देखि ४५ बर्ष उमेरका २५ प्रतिशत, ४५ देखि ६० बर्षका ४२ प्रतिशत र ६० बर्ष देखि माथी उमेरका ३६ प्रतिशतले आत्महत्या गरेको तथ्याङकले देखाएको छ । जसमा कुल आत्महत्या गर्ने व्यक्ति मध्ये २६ प्रतिशत व्यक्ति १८–२५ बर्ष उमेर समूहका रहेका छन् । त्यसैगरी कुल आत्महत्या गर्ने व्यक्ति मध्ये ५२ प्रतिशत विवाहित व्यक्ति रहेका छन् ।

आत्महत्या गर्नुको मुख्य करणहरु
घरायसी समस्याका कारण ८८ प्रतिशत, प्रेम सम्बन्ध १४ प्रतिशत, मानसिक विचलन २२ प्रतिशत र अत्याधीक मादकपदार्थ सेवनका कारण २३ प्रतिशत मानिसले आत्महत्या गरेको जिल्ला प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 500

प्रतिक्रिया (०)

सम्बन्धित खबर