Aamsanchar

मेचीनगरमा व्यवसायी आचार्यको हत्या

Author Image
शुक्रवार, साउन ९, २०७७

मेचीनगर । मेचीनगर–२ निवासी व्यवसायी नारायण आचार्यको हत्या भएको छ ।  भृकुटी बजारमा उनको शुक्रबार दिउसो हत्या भएको हो ।

करिव ५० वर्षका नारायण आचार्यलाई अज्ञात समुहले खुकुरी प्रहार गर्दा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डिएसपी राकेश थापाका अनुसार खुकुरी प्रहारबाट घाइते भएका आचार्यको बिर्तामोड स्थित वीएण्डसी अस्पतालमा मृत्यु भएको छ ।

हत्यामा संलग्न अभियुक्त फरार रहेका छन ।  आर्चायमाथि के कारणले खुकुरी प्रहार भयो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर