Aamsanchar

सोमबार २५ लाख हस्तान्तरण हुदै, अभियानलाई १३२१ व्यक्ती र १२५ संघसंस्थाबाट सहयोग

Author Image
आइतवार, साउन ११, २०७७

चारपाने । कोरोना महामारी रोकथान र व्यवस्थापनमा सरकारलाई सहयोग गर्ने उदेश्यले सुरुभएको ‘एकका लागि एक’ अभियान अन्तरगत समुदाय, सहकारी, निजीक्षेत्र र स्थानिय सरकारको साझेदारीमा पिसिआर ल्याव निर्माणको काम अन्तिम चरणमामा पुगेको छ । यो संगै अभियानको एक मुख्य साझेदार संस्था अन्तर्राष्ट्रिय झापाली समाजले प्रतिवद्धता गरेको २५ लाख रुपैयाँ सोमबार अभियानलाई हस्तान्तरण गर्ने भएको छ ।

झापाको कनकाईस्थित कोटीहोममा रहेको समर्पण राष्ट्रिय अभियानको भवनमा पीसीआर परीक्षण प्रयोगशाला स्थापनाको काम धमाधम भईरहेको छ । लगभग ल्याव तयार भईसको अवस्था छ । यससंगै सरकारलाई ल्याव हस्तान्तरण गर्नको लागि ल्याव तयारी बारे जानकारी पत्र र सम्बन्धनका कानुनी प्रक्रियाको लागि अभियानले काम सुरुगरेको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिएका छन ।

प्रयोगशाला स्थापनाका लागि यसअघि झापाको सहकारी अभियानले २५ लाख रुपैयाँ दिएको थियो ।

सहारा नेपाल सहित २० भन्दा धेरै संस्थाको अगुवाईमा सुरु भएको एकका लागि एक अभियानमा सहकारी अभियान, कनकाई नगरपालिका, अन्तर्राष्ट्रिय झापाली समाज मुख्य साझेदार छन् । पीसीआर ल्यावको लागि स्वदेशबाट ११८, विदेशबाट ७ वटा संघसंस्थाहरुले रकम सहयोग गरेका छन । त्यसैगरी नेपालबाट १२६२ र विदेशबाट ५९ जनालेले व्यक्तीगत रुपमा आर्थिक सहयोग उपलब्ध भएकोको अभियान सचिवालयले जानकारी दिएको छ ।

विगत ४ महिना देखि सुरु भएको अभियानमा  सहारा नेपाल साकोस, झापा गोल्डकप, बिर्तामोड उद्योग बाणिज्य संघ, सहारा नेपाल, जिल्ला सहाकारी संघ, अन्तर्राष्ट्रिय झापाली समाज, राष्ट्रिय सहकारी बैंक, गैर सरकारी संस्था महासंघ, सम्वाद समूह, लायन्स क्लव सुरुंगा, जेसीज पूर्व अध्यक्ष समाज, नेपाल रेडक्रस सोसाईटी, नेपाल औषधि व्यवसायी संघ,राष्ट्रिय उपभोक्ता महासंघ, रोटरी क्लव अफ बिर्तामोड, वीरता जेसीज, रोटरी क्लव अफ बिर्तामोड मिटटाउन, नेप्लीज टिन्स, मेची पेट्रोलियम डिलर्स एसोशियसन, लायन्स क्लव बिर्तामोड लयागतका संस्थाहरु अभियानमा प्रत्यक्ष रुपमा जोडिएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 533

प्रतिक्रिया (०)

सम्बन्धित खबर