Aamsanchar

प्रदेश १ राजधानीमा बज्यो कोरोना खतराको घण्टी, अत्यावश्यक बाहेकका सेवा बन्द

Author Image
आइतवार, साउन ११, २०७७

बिराटनगर । प्रदेश १ को राजधानीमा रहेको विराटनगर महानगरपालिकाले कोरोनाको संक्रमण समुदायमा फैलिन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न अत्यावश्यक सेवाबाहेक अन्य कार्य सोमबारदेखि स्थगित गर्ने निर्णय गरेको छ।

महानगरपालिका प्रमुख भीम पराजुलीको अध्यक्षतामा बसेको नगरस्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिसबाहेक अन्य सबै सेवा स्थगित गर्ने निर्णय गरिएको पराजुलीले बताए ।

बैठकले नगरक्षेत्रभित्र संक्रमितको संख्या दिन प्रतिदिन वृद्धि हुँदै गएकाले सचेतनाका साथ स्वास्थ्य एवम् सुरक्षामा आवश्यक कडाइ गर्ने पनि निर्णय गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर