Aamsanchar

माईखोलाले बाध फुटायो, ३० घर डुवानमा

Author Image
मङ्गलवार, साउन १३, २०७७

प्रतिकात्मक फायल तस्वीर

झापा । निरन्तर  बर्षाका कारण झापाको दक्षिणी ग्रामिण क्षेत्रका नागरिकहरु प्रवाभित बनेका छन ।

पछिल्लो केही दिन देखि पूर्वका पहाडी जिल्लामा अविरल बर्षाका कारण झापाका नदीहरुमा पानीको वहाव उच्च रहेको छ । त्यस्तै झापाको शिबसताक्षी नगरपालिका वडा नम्बर ४ र गौरिगंज गाउँपालिकाको सिमानामा माईखोलाले करिव ५ सय मिटर बाँध कटान गरेको छ ।

बाध कटानका कारण करिव ३० घर डुवानमा रहेको छ । पानीको वहाव बढनेक्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

डुवान क्षेत्रमा इलाका प्रहरी कार्यालय शिवगंज तथा इलाका प्रहरी कार्यालय झिलझीलेबाट खटिएको प्रहरी टोलीले नदि नियन्त्रण र उद्धारको काममा लागिरहेको जानकारी प्राप्त भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर