Aamsanchar

जागरिलाको भागमा माछा र भात

Author Image
बिहिवार, साउन १५, २०७७

झापाको अर्जुनधारा ५र६ सिमाना छुट्याउने बाह्रदशी खोलामा माछा मार्नकोलागी घुइँचो लाग्ने गरेको छ ।

बर्ष संगै आएको भेलबाढीमा दिनरात नभनी माछामार्नेहरुको भिड लाग्ने गरेको हो । दिउँसो भन्दा राती माछा खोज्न निस्कनेको संख्या धेरै छ । राती टर्चलाईटको उज्यालो माछा केन्द्रिकृत हुने गर्दा धेरै माछा समाउन सकिने भएकोले राती माछामार्न आउने गरेको स्थानिय गणेश अधिकारीले बताए ।

अधिकारी भन्छन् खोलाको माछा अर्गानिक हुन्छ बजार को भन्दा राम्रो र लोकल माछा पाइन्छ भन्नुहुन्छ । यस खोलामा पैया,पोथी, हिले, माहुर, कवाई, बुहाली, अन्धाबाम, चुचेबाम आदि प्रजातिका माछा हरु पाईन्छ ।

अर्जुनधारा–५कप्तनबारीका दर्जन भन्दा बढी घरका व्यक्तीहरु माछामार्न जाने गरेका छन ।  दिनभरी अरु काम गरेर रातीको समयमा जागर चलाएर माछा मार्न जाने गरेका छन, केहीले भने दिउसो पनि मार्ने गरेका छन । भनाई अनुसार जागरिलाको भागमा माछा र भात भन्ने भनाई सार्थक बनेको छ कप्तनबारी का दर्जन भन्दा धेरै परिवारमा ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर