Aamsanchar

सुराकी र कमिसनमात्र ४५ लाख रुपैयाँ भन्दा बढी वितरण

Author Image
बिहिवार, साउन १५, २०७७

सवैभन्दा बढी नेपाल प्रहरीले २९ लाख २३ हजार ७ सय २३ रुपैयाँ भन्सार कार्यालयबाट बुझेको भन्सार अधिकारीको भनाई

मेचीनगर । मेची भन्सार कार्यालय काँकरभिट्टाले वितेको आर्थिक वर्ष २०७६/२०७७ मा ४५ लाख रुपैयाँबढी पुरस्कार वितरण गरेको छ । सीमाक्षेत्रबाट अवैधरुपमा हुने चोरी, पैठारी निकासीका क्रममा सुराकी दिने, पक्राउ गरी प्रतिवेदनसहित आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने व्यक्ति तथा निकायलाई उक्त रकम वितरण गरेको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल राजस्व एवम् भन्सार सुरक्षा गुल्म, सशस्त्र प्रहरी बल नेपाल तथा भन्सार गस्ती टोलीलाई एकवर्षको अवधिमा र सुराकी पुरस्कार वापत १९ लाख ७९ हजार ४२ रुपैयाँ र कमिसन प्रतिवेदक पुरस्कार वापत २५ लाख ९४ हजार ५१ रुपैयाँ गरी कुल ४५ लाख ७३ हजार ९३ रुपैयाँ सुराकी तथा कमिसन वापतको रकम वितरण गरेको प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो ।

भन्सार कार्यालयको नियम अनुसार अवैध समान पक्राउ गरी भन्सार बुझाए वापत कमिसन तथा कसैले सुराकी दिए पुरस्कार वापत लिलामी रकमको २० प्रतिशत कमिसन र सुराकी वापतको १५ प्रतिशत पुरस्कार गरी ३५ प्रतिशत रकम दिने व्यवस्था छ । सवैभन्दा बढी नेपाल प्रहरीले सुराकी पुरस्कार वापत १२ लाख ६१ हजार ३ सय ६० र कमिसन प्रतिवेदन पुरस्कारवापत १६ लाख ६२ हजार ३ सय ६३ रुपैयाँ गरी कुल २९ लाख २३ हजार ७ सय २३ रुपैयाँ भन्सार कार्यालयबाट बुझि लगेको छ ।

यसैगरी सशस्त्र प्रहरीलाई भन्सार कार्यालयले सुराकी र प्रतिवेदन पुरस्कार गरी कुल १४ लाख ६९ हजार ६ सय ३७ रुपैयाँ वितरण गरेको छ । सशस्त्र प्रहरीले सुराकी पुरस्कार वापत ६ लाख ३४ हजार ८ सय ५ र कमिसन प्रतिवेदन पुरस्कार वापत ८ लाख ३४ हजार ८ सय ३२ रुपैयाँ गरी कुल १४ लाख ६९ हजार ६ सय ३७ रुपैयाँ प्राप्त गरेको हो । भन्सार गस्ती टोलीले १ लाख ६९ हजार ७ सय ३३ रुपैयाँ प्राप्त गरेको छ ।

कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत भरतराज अधिकारीका अनुसार त्यो वर्ष कार्यालयमा चोरी पैठारी निकासीका ६ करोड १८ लाख ३६ हजार २ सय ८९ प्रतिवेदन मुल्य बराबरका कुल ५ सय १८ वटा मुद्धा भएका थिए । ती मध्ये ३ सय ८१ वटा मुद्धा लिलामी हुदाँ २ करोड २२ लाख ३७ हजार ४ सय ७१ रुपैयाँ राजस्व संकलन गरेको भन्सार अधिकृत अधिकारीले बताउनुभयो ।

सवैभन्दा बढी नेपाल प्र्हरीले ३ करोड ५३ लाख १० हजार ६ सय ६६ रुपैयाँ बराबरको २ सय ८१ वटा मुद्धा कार्यालयमा दर्ता गराएको थियो । यसैगरी, सवैभन्दा कम भन्सार कर्मचारीले २१ लाख ९४ हजार ८ रुपैयाँ प्रतिवेदन मुल्य बराबरका ४८ वटा तथा भन्सार राजस्व गुल्मले १ करोड २५ लाख १ हजार ५ सय ८८ प्र्रतिवेदन मुल्यका ६९, सशस्त्र प्रहरीले १ करोड १८ लाख ३० हजार २७ रुपैयाँ मुल्य बराबरको १ सय २० वटा चोरी पैठारी निकासीका मुद्धा गराएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, वैशाख २१, २०८१
नेपाली बजारमा सुनको भाउ
बिहिवार, वैशाख २०, २०८१