Aamsanchar

झापाका दुई पालिकाबाट ब्राउनसुगरसहित पाँच जना पक्राउ

Author Image
बिहिवार, साउन १५, २०७७

कोरोना भाइसरको त्रास समुदायमा बढ्दै गइरहेका बेला पनि लागूऔषध कारोबारीको धन्दा रोकिएको छैन् ।

झापामा लागूऔषध प्रयोगकर्ता तथा कारोबारीहरु सक्रिय रहेको सूचना पाए लगत्तै शंकास्पद गतिविधि गर्नेहरु विरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीले निगरानी बढाएको थियो । सोही क्रममा झापाको दुई छुट्टाछुटै स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा कन्काई नगरपालिका–४ का २८ बर्षीय संजय पोखरेल, २९ बर्षीय जीवन त्रिखत्री दर्जी, ३० बर्षीय पंकज उप्रेती र २५ बर्षीय फियाज मुमेनलाई १२ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित कन्काई नगरपालिका–४ ईलुवारीबाट पक्राउ गरेको जनाइएको छ ।

त्यस्तै बिर्तामोड नगरपालिका–४ घर भई अर्जुनधारा नगरपालिका–६ बस्ने २० बर्षीय निकेश राईलाई एक ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित बुधबार साँझ डेरा छेउबाट पक्राउ गरेको हो । लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका पाँचै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

सरकारले गएको चैत ११ गतेबाट गरेको लकडाउनदेखि हालसम्म इलाका प्रहरी कार्यालय अनारमनीले सात जनालाई पक्राउ गगरेको छ । उनीहरुको साथबाट ३४ ग्राम लागूऔषध बरामद गरेको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए । २५ देखि ४० वर्ष उमेर समूहका ब्यक्ति लागूऔषधको कारोबारमा संलग्न रहेको पाइएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम बढी रहेको र प्रहरीले समुदायमा विभिन्न सचेतनामूलक कार्यक्रमलाई केन्द्रित गरिरहेको मौका छोपेर लागूऔषध कारोबारी संक्रिय रहेको पाएसंगै प्रहरीले निगरानी बढाएको बताइएको छ ।

लागूऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ को दफा १४ को खण्ड ६ बमोजिम २५ ग्रामसम्म लागूऔषध ब्राउन सुगर बरामद गरेमा ५देखि १० वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजारसम्म जरिवाना, २५ ग्रामदेखि सय ग्रामसम्ममा १० देखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि दुई लाख रुपैंयासम्म जरिवाना र सय ग्रामदेखि माथि जतिसुकै लागूऔषध बरामद गरेपनि १५ वर्षदेखि जन्मकैद र पाँच लाखदेखि २५ लाख रुपैंयासम्म जरिवाना हुने कानुनी ब्यवस्था रहेको छ ।

पक्राउ परेकाहरुले कहाँबाट लागूऔषध ल्याउने गेका छन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर